११ फाल्गुन २०८१, आईतवार

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

काठमाडौं । सुर्खेतमा भोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका छन् ।

 

बुधबार बराहताल गाउँपालिका– ४, कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ का २४ वर्षीय अनिल घर्ती र वर्ष १८ का अर्जुन झाँक्री मगर रहेका छन् ।

 

उनीहरू बराहताल गाउँपालिका– ४ को कुटादेखि चाम्री जोड्ने भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न थिए ।

 

प्रहरी चौकी बड्चाैरका प्रहरी सहायक निरीक्षक दिलीप बस्नेतका अनुसार उनीहरू आज बिहान ११ः४५ बजेको समयमा बराहताल गाउँपालिका– ४, कुटा र पञ्चपुरी नगरपालिका– १०, चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा नदीमा खसेका थिए ।

बस्नेतका अनुसार सशस्त्र प्रहरी बलको गोताखोर र स्थानीयको सहयोगमा उनीहरूको खोजी कार्य भइरहेको छ ।