वैकल्पिक माध्यमबाट सार्वजनिक ऋण उठाउने तयारी
काठमाडौं । सरकारले भेञ्चर क्यापिटल, म्युचुअल फन्ड लगायत वैकल्पिक माध्यमबाट सार्वजनिक ऋण उठाउने तयारी गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका हुन् ।
यस्ता वैकल्पिक स्रोतहरूमा भेञ्चर क्यापिटल, म्युचुअल फन्ड, परियोजना विशेष ऋणपत्र, रेमिट कोष, पूर्वाधार कोष, परियोजना इन्कुवेशन कोष लगायत वित्तीय औजारहरू छन् ।
यसबाहेक अतिरिक्त अन्तर्राष्ट्रिय बहुपक्षीय तथा द्विपक्षीय संस्थाहरूको लगानी, निजी क्षेत्रको लगानी, आप्रवासी नेपालीको लगानी, संस्थागत लगानी, ग्रीन वण्ड, जलवायु कोष लगायतबाट स्रोत व्यवस्थापन अर्थमन्त्री पौडेलले बताए ।
‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अ...









