काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व आज चितवमा पनि मुद्दा दर्ता हुँदैछ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा लामिछाने सहित १४ जना र ६ वटा संस्थाविरूद्व आज जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्न लागेको हो ।
रविसहितविरूद्व ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता हुनेछ ।
लामिछाने यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका हुन् ।