सोफा हब काठमाडौंको नयाँ शाखा बिर्तामोडमा
बिर्तामोड । नेपाल कै नं एक सोफा उत्पादक तथा वितरण गर्ने सोफा कम्पनी 'सोफा हब काठमाडौँले' आफ्नो आठौँ शाखाको रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ।
उक्त नयाँ शाखाको उद्घाटन भव्यताका साथ नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले गरेका हुन्। बिर्तामोड शाखासँगै पूर्वमा कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा छ। सोफा हब बिर्तामोडको उद्घाटन समारोहमा नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले सोफा हवजस्तो स्वदेशी उद्योगले गुणस्तर युक्त उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्दै स्थानीय रोजगारीका अवसरहरू सिर्जना गरेकोमा प्रशंसा व्यक्त गरे। प्रसाईले भने, “सोफा हवजस्ता उद्योगहरूले मात्र नभई, स्वदेशी उत्पादनको प्रवर्द्धनले समग्रमा मुलुकको आर्थिक विकासलाई नयाँ उचाइ...









