१ माघ २०८२, बिहीबार

Author: तुफान न्यूज

विप्लव र म बिचकाे फाटाे ल्याउन भ्रम छरियाे :जनार्दन शर्मा

विप्लव र म बिचकाे फाटाे ल्याउन भ्रम छरियाे :जनार्दन शर्मा

Breaking News, राजनीति, विचार
काठमाडौ: नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री जनार्दन शर्माले विप्लव र आफुबिच फाटो ल्याउन भ्रम छरिएको बताएका छन । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले विप्लव र आफूबिच फाटो ल्याउन विभिन्न भ्रम छरिएको बताएका हुन । पार्टीले २०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको उनले प्रष्ट पारेका छन । ‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो । विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो’, उनले भने, ‘हाम्रो बिचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन । माओवादी पुनर्गठनको अभियान आफैँले थालेको हुँ । विप्लव र मेरोब...
धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला

धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला

समाचार
काठमाडौं । धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। मिथिला नगरपालिका– ३ हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ। बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको शव निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए। हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक साहले बताए। प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच दिनहुँजसो विवाद भइरहेको हुन्थ्यो। बुधवार दिउँसो १२ बजेसम्म पनि उनीहरुबीच विवाद भएको उनकी बुहारीले प्रहरीलाई बताएकी छन। ‘श्रीमान रक्सीले लठ्ठिएका थिए। ...
खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

समाचार
काठमाडौं । नेपाली सेनाले गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ। सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन। ‘बिहीबार मध्याह्न पाँच राउण्ड हवाई फायर भएको हो। सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक सापकोटाले भने। नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथि गौरव केसीले घटनाबारे विवरण लिने काम भइरहेको बताए। ...
जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जिल्ला बारेकाेट गाउपालीकाकाे नायकवाडा केन्द्रबिन्दु भएर बिहीबार बिहान ६:३३ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।यस भूकम्पको कारण कुनै ठूलो जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ। गत साल कार्तिक १७ गते साेहि गाउपालिकाकाे रामिडाँडा केन्द्रविन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प गयर ठुलाे जन धनकाे क्षति भयकाे थियाे ।...
फेसियल हाउस’को १७औँ वार्षिकोत्सव सम्पन्न

फेसियल हाउस’को १७औँ वार्षिकोत्सव सम्पन्न

समाचार, स्वास्थ
काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी ) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो । समारोहमा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक श...
स्कुटरको लाइसेन्स लिन आएका थिए कुलप्रसाद, वृद्व बुबाआमादेखि परिवारजन शोकाकूल

स्कुटरको लाइसेन्स लिन आएका थिए कुलप्रसाद, वृद्व बुबाआमादेखि परिवारजन शोकाकूल

समाचार
काठमाडौं।  जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन । त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आउनु भएको थियो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य । तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि उनी अस्ताए । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत अबस्थामा फेला परेका बाबु कूलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको छ । सोमबार बिहानसम्म कोठा नखोल...
कजाकिस्तानमा भएको विमान दुर्घटनामा २५ जनाको शकुसल उद्वार

कजाकिस्तानमा भएको विमान दुर्घटनामा २५ जनाको शकुसल उद्वार

समाचार
काठमाडौं। कजाकिस्तानमा भएको विमान दुर्घटनामा २५ जनाको शकुसल उद्वार गरिएको छ । आज अजरबैजानको यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटना परेको थियो । जहाजमा चालक दलका पाँचजना सदस्यसहित ६७ जना सवार रहेका थिए । उद्धार गरिएकामध्ये २२ जनालाई अस्पताल भर्ना गरिएको छ । जहाज अजरबैजानबाट रुस उडेको थियो ।
काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ

समाचार
काठमाडौं । काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए।   रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ७७ लाख र पछि १५ लाख गरी जम्मा ९२ लाख बरामद भएको हो।   स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।   ...
एसएलसी ब्याच २०५५द्वारा श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसेमा  अक्षयकोष स्थापना

एसएलसी ब्याच २०५५द्वारा श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसेमा अक्षयकोष स्थापना

समाचार
काठमाडौं । एसएलसी ब्याच २०५५ले विद्यालयको ७४औं बार्षिक उत्सवको अवसरमा प्रा.बि.मा अध्ययनरत २ जना ,नि.मा.बि. २ जना र माध्यमिकमा अध्ययनरत २ जना गरि ६ जना जेहेन्दार तथा आर्थिक रुपमा बिपन्न विद्यार्थी हरुकोलागि केहि स्टेशनरी सामाग्री तथा नगद सहयोग गरेको छ । एसएलसी ब्याच २०५५का अध्यक्ष अम्बर बहादुर श्रेष्ठ (उमेश) को नेतृत्वमा विद्यालयमा पुगेको टोलिले विद्यालयको ७४ औं बार्षिक उत्सवको अवसरमा सो सहयोग वितरण गरेको हो । श्री शारदा माध्यमिक विद्यालयमा २०५५ सालमा एसएलसि दिएका विद्यार्थी हरुको समुह एसएलसी ब्याच २०५५ ले सो विद्यालयमा अध्ययन गर्ने जेहेन्दार तथा आर्थिकरुपमा विपन्न भएका विद्यार्थी हरुकोलागि सहयोग पुगोस् भन्ने हेतुले अक्षयकोष समेत स्थापना गरेको छ । एसएलसी ब्याच २०५५ले आर्थिक अभावको कारण कोहि कसैलेपनि शिक्षाबाट वन्चित हुन नपरोस् भनेर आगामी बर्ष बाट लागु हुनेगरी रु ५० हजार बराबरको अक्षयकोष ...
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीको जानकारी

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीको जानकारी

समाचार
काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । ललितपुर, गोदावरी नगरपालिका-३ मोतिचौरस्थित सडकमा लुम्बिनी प्रदेश-०१-००२ प ६६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री  सोही ठाउँ बस्ने ६० वर्षीय नुरू सिलवालको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ तिरतिरे धारास्थित सडकमा बा.प्र.०३-००२ प ७२६७ नम्बरको स्कुटरलाई बीआर ०५ बिए ०००६ नम्बरको कारले सोमबार बेलुकी ठक्कर दिँदा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३५ वर्षीय युवराज लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइत...