२३ बैशाख २०८३, बुधबार

Author: तुफान न्यूज

अमेरिका र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन् ।   पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितहरूबाट ४२ लाख रूपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौं बौद्धबाट बिहीबार र सरितालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट शुक्रबार पक्राउ गरेको ह...
कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार
काठमाडौं । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।   दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ ज्यान गएको हो ।
अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा

समाचार
काठमाडौं । अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ लगातार बढेर शनिबार एक डलरको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८  पैसा कायम भएको छ। शुक्रबार यसको भाउ एकको खरिदर १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४९ पैसा थियो। शनिबार युरोपियन युरो र अस्ट्रेलियन डलरको भाउ घटेको छ।   युरो एकको खरिददर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा तोकिएको छ। शुक्रबार १ युरोको खरिददर १४२ रुपैयाँ १२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा थियो। अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा छ। शुक्रबार यसको भाउ एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा थियो। आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९२ पै...
अस्तव्यस्त विपी राजमार्ग

अस्तव्यस्त विपी राजमार्ग

समाचार
काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्‍याएको बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरुले सास्ती भोग्नु परेको छ। रोशीखोलाको बाढीले राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरुले सास्ती भोग्नु परेको हो।   क्षतिग्रस्त  राजमार्ग सरकारी स्तरको निर्णय र आर्थिक सहायताबिना बन्ने सम्भावना भने कम रहेको छ। त्यति समयसम्म भने कच्ची सडकमा नै यात्रा गर्नु पर्ने देखिन्छ। राजमार्गको विभिन्न खण्डको पुनःनिर्माणका लागि करिब ९ अर्ब ६६ करोड  रुपैयाँ लाग्ने भएको छ।   डिभिजन सडक कार्यालय भक्तपुरले विपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनः निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि प...
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ

समाचार
काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-८ धुले बेसी घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेका    छन् ।   उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्विर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको खुल्न आएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।   उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्...
आफ्ना मन्त्रीहरूले प्रभावकारी काम गर्नुभन्दै दिए नेपाली कांग्रेसले सात बुँदे निर्देशन

आफ्ना मन्त्रीहरूले प्रभावकारी काम गर्नुभन्दै दिए नेपाली कांग्रेसले सात बुँदे निर्देशन

समाचार
काठमाडौँ । आफ्ना मन्त्रीहरूले प्रभावकारी काम गर्नुभन्दै नेपाली कांग्रेसले सात बुँदे निर्देशन दिएको छ ।   बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दल कार्यसमिति बैठकले मन्त्रीहरूलाई सात बुँदे निर्देशन दिएको हो । पार्टी प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सरकारलाई सात बुँदे सहमति अनुसार अघि बढाउन सात बुँदे निर्देशन दिइएको हो ।   निर्देशनहरू   १) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।   २) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियतासहित कार्य गर्ने । ३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।   ४) चालू आर्थिक वर्षको बज...
प्यूठानमा डस्टबिनमा नवजात शिशुको शव फेला

प्यूठानमा डस्टबिनमा नवजात शिशुको शव फेला

समाचार
काठमाडौं । प्युठानमा नवजात शिशुको शव फेला परेको छ ।   सरुमारानी गाउँपालिका-२ दर्भानमा आज सालनालसमेत नकाटिएको शिशुको शव फोहोर फाल्ने डस्टविनमा भेटिएको हो ।   प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

समाचार
काठमाडौं । कपिलवस्तुमा दुइटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। बुधबार राती साढे १० बजेतिर कपिलवस्तुको वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा लु १० प ४४९६ र यूपी ५५ ए एच ७०९० भारतीय नम्बरप्लेटको मोटरसाइकल आपसमा ठोक्किएका थिए।   दुई मोटरसाइकल ठोक्किँदा रुपन्देहीको सैनामैना नगरपालिका-४ का २७ वर्षीय रोमन थारु र कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए। थारु नेपाली नम्बर प्लेट र अली भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए।   दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको डिएसपी अधिकारीले जानकारी दिए। अलीको भैरहवा मेडिकल कलेज र थारुको सिद्धार्थ सिटी अस्पतालमा मृत्यु भएको हो। सोही दुर्घटनामा ...
आज पनि बढ्यो सुन–चाँदीको मूल्य

आज पनि बढ्यो सुन–चाँदीको मूल्य

समाचार
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।   बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।   बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।   बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका एक कर्मचारीले जानकारी दिए। यद्यपि आदेश सुनाउन भने बाँकी छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।   यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो। पोखराको सुर्यदर्शन सहकारीको बचत गैरकानुनी रूपमा गोर्खा मिडियामा आएको देखिएको थियो। सुर्यदर्शनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको थियो। विभिन्न सहकारीबाट लामिछाने ...