काठमाडौं। कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति मृत भेटिएका छन्।
कांग्रेसको भीमदत्त नगरसभापति अच्युत कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका-१८ को वडा कार्यालय नजिकको बाटोमा मृत भेटिएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्दका अनुसार कलौनी शनिबार बाटोमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।
घटनापछि कञ्नपुरका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको छ।