काठमाडौं । काठमाडौंको बाइपासमा एक युवक मृत भेटिएका छन्।
गएराति पौने १२ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५/२६ वर्षका युवक मृत भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा उनी मृत भेटिएका थिए।
ती युवकको साथबाट राहदानी भेटिएको र त्यसमा रहेका विवरणका आधारमा उनको आफन्तहरू खोज्ने प्रयास भइरहेको छ।