१९ चैत्र २०८१, मंगलवार

माेटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्युु चालक गम्भीर घाइते

जाजरकोट :जाजरकोटमा मोटरसाइकल दुर्घटनामा हुदा एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित नर्सिङ्गहोममा उपचारका क्रममा मृत्यु भएको हो ।

नलगाड नगरपालिकाको दल्लीदेखि जिल्ला सदरमुकाम खलंगा तर्फ आउदै गरेको भे. ५ ख. ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका–१ रिगौटामा दुर्घटना भएको थियो । आफै अनियन्त्रित भएर उक्त मोटरसाइकल विहान साडी नौ बजेको समयमा सडक भन्दा ६-७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार मोटर साइकल दुर्घटनामा परि मृत्यु हुुनेमा भेरी नगरपालिका–२ रिसाङकी ४० बर्षिय टली विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटर साइकलका चालक नलगाड नगरपालिका–१ का ३३ बर्षिय भीम बहादुर चनारा रहेका थिए । चालक चनारा पनि गम्भीर घाइते भएको हुदा उनको उपचार नर्सिङहोममा भइरहेको बताइएको छ ।

मृतक विक चालक चनाराकी फुपु हुन् । पूर्ण रुपमा क्षेतिग्रष्त भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय रिम्नामा रहेको प्रहरीले जानकारी दिएका छ ।