१ माघ २०८२, बिहीबार

Author: तुफान न्यूज

जन्म दिनकाे अवसरमा अधिकारीले गरे विपन्न बालबालिका लाई सहयोग

जन्म दिनकाे अवसरमा अधिकारीले गरे विपन्न बालबालिका लाई सहयोग

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :समाज सेवि तथा "शारदा शेर स्मृति प्रतिष्ठान" जाजरकोटका अध्यक्ष अर्जुन बहादुर अधिकारीले आफ्नो जन्मदिनको अवसरमा नेपाल राष्ट्रिय मावि रिन्टाकुरा छेडागाड ८ जाजरकोटका  विपन्न, असाह्य, असक्त र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग प्रदान गरेका छन् ।विशेष कार्यक्रमको आयोजना गर्दै, उनले विद्यालयका ५५ जना विद्यार्थीलाई कापीकलम, २ वटा भलिबल र १ वटा जाली वितरण गरेका छन् । समाजसेवा र शिक्षा क्षेत्रमा अधिकारीको योगदानले विद्यार्थीहरूमा उत्साह बढाएको विद्यालयका शिक्षक तथा अभिभावकहरूले बताएका छन् । कार्यक्रममा सहभागी एक विद्यार्थीले भने, “हामीजस्ता विपन्न विद्यार्थीहरूलाई यस्तो सहयोगले पढाइमा झनै प्रेरणा दिन्छ । अधिकारी सर प्रति हामी आभारी छौँ ।” अर्जुन बहादुर अधिकारीले यस अवसरमा भने, “समाजका विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक साधनको अभावमा पढाइमा अवरोध नहोस् भन्ने मेरो सधैं प्रयास रहन्छ । आ...
भुकम्पमा परि चिनमा १२६ जनाकाे मृत्युु भयकाे छ, संख्या थप पढ्न सक्ने अनुमान गरियकाे छ

भुकम्पमा परि चिनमा १२६ जनाकाे मृत्युु भयकाे छ, संख्या थप पढ्न सक्ने अनुमान गरियकाे छ

Breaking News, पुर्वाधार, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तकाे सिगात्सेमा मंगलबार बिहान गयकाे भुकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७.१ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन्  भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६:५०मा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो । भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्ति प्रभावित भएको छ। राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन...
नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

Breaking News, समाचार
काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।   यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । ...
बार अध्यक्ष घिमिरेले दिएको विवादित अभिव्यक्तिको श्रव्यदृश्य सामग्री झिकाउन सर्वोच्चको आदेश

बार अध्यक्ष घिमिरेले दिएको विवादित अभिव्यक्तिको श्रव्यदृश्य सामग्री झिकाउन सर्वोच्चको आदेश

समाचार
काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले श्रव्यदृष्य सामग्री झिकाउन आदेश दिएको छ ।   आज न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले घिमिरेले दिएको अभिव्यक्तिको श्रव्यदृष्य सामग्री उपलब्ध गराउन आदेश दिएको हो ।   सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा रिट दायर गरेका थिए । ...
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्।   युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदको मंसिर २८ गतेको निर्णयबमोजिम पुस्कार प्रदान गरिएको हो। प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ।   गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको २० औं एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरूङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ लगायतलाई पुरस्कार प्रदा...
नेपालकाे उत्तरी भाग चिन सिमाक्षेत्रमा ७.१म्याग्निच्युडकाे भुकम्प ९ जना चिनिया नागरिकको मृत्यु थप विवरण आउन बाकि

नेपालकाे उत्तरी भाग चिन सिमाक्षेत्रमा ७.१म्याग्निच्युडकाे भुकम्प ९ जना चिनिया नागरिकको मृत्यु थप विवरण आउन बाकि

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, माैसम, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :नेपाल–चीन सीमा क्षेत्रमा आज  बिहान नेपाली समय अनुसार ६ :५०मा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्पमा परि चिनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् ।चीनको सरकारी टेलिभिजन च्यान सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७.१म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ । यस...
बिजेन्द्र नौबागेको “पुर्वेली नानी ” सार्वजानिक

बिजेन्द्र नौबागेको “पुर्वेली नानी ” सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । सर्जक ,कलाकार तथा मोडल बिजेन्द्र नौबागेको “पुर्वेली नानी ” बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ । एक्टिभ इन्टरटेनमेन्ट आफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको यो भिडियोमा बाल कलाकार मन्जली तामाङ र आदित्य लम्सालको जोडदार अभिनय रहेको छ भने बिजेन्द्र नौबागे र अस्मिता पुरीको अभिनयले गीतलाई अझ रोमान्टिक बनाएको छ । बिजेन्द्र नौबागेको शब्द तथा संगीत रहेको यो गीतमा दिवान किनारको संगीत संयोजन रहेको छ भने मेलिना राई र प्रविन राईको स्वर रहेको छ । गीत किङ स्टुडियो अनामनगरमा शुरेस राई को रेकर्ड तथा मिक्सिङ मास्टरीङमा तयार भएको हो । बिजेन्द्र नौबागेको निर्देशनमा बनेको यो भिडियोमा दिपेश एसकेको नृत्य निर्देशन,रोजिना श्रेष्ठको श्रृंगार,केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन,ओम प्रसाद प्रसाईको कलरिङ रहेको छ । कोचे मल्टिमिडियाको पोष्ट प्रोडक्सनमा बनेको यो गीत तथा भिड...
विवादपछि सगरमाथा क्षेत्रमा ‘सबैखाले’ हेलिकप्टर उडान रोकिए

विवादपछि सगरमाथा क्षेत्रमा ‘सबैखाले’ हेलिकप्टर उडान रोकिए

समाचार
काठमाडौं । सगरमाथा क्षेत्रको व्यावसायिक हेलिकप्टर उडानसम्बन्धी विवाद थप चर्कँदै गर्दा वायुसेवा सञ्चालकहरूले सबैखाले उडान नगर्ने भनेपछि उक्त विषय थप जटिल बन्न पुगेको अधिकारीहरूले बताएका छन्।   झन्डै एक महिनाअघिसगरमाथा राष्ट्रिय निकुञ्ज र स्थानीय गाउँपालिकाको पहलमा भएको व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाइने निर्णयबारे कतिपय सरकारी निकाय तथा पर्यटन व्यवसायीको असन्तुष्टि चर्कँदो रहेको देखिएको छ।   "निकुञ्ज र स्थानीय गाउँपालिकाको पहलमा यस विषय उठे तापनि अब यो स्थानीयहरूको हातमा पुगिसकेको छ। यो अब कुनै निकायगत नभईकन जनताले कानुन हातमा लिने काम भएको छ," नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीसँग भने।   उनले थपे, "वहाँहरूले काठमाण्डूमा छलफलहरू गर्दै सहमतिको प्रयास गरे पनि अब यस विषय वहाँहरूको नियन्त्रणमा पनि नरहेको अव...
सुन गोहोरो सहित दुई जना पक्राउ

सुन गोहोरो सहित दुई जना पक्राउ

समाचार
काठमाडौं ।मोरङ जिल्ला बिराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको छ । ...
सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयले अनाधिकृत हेलिकप्टर उडान प्रतिबन्ध विरुद्ध चेतावनी दिए

सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयले अनाधिकृत हेलिकप्टर उडान प्रतिबन्ध विरुद्ध चेतावनी दिए

समाचार
काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लाका विभिन्न हेलिप्याडमा हेलिकप्टर उडानमा अनाधिकृत प्रतिबन्ध लगाएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । हेलिप्याडमा झण्डा अवरोध गर्ने र हेलिकप्टर चालक दललाई धम्की दिने स्थानीय युवा समूहले गरेको कारबाहीपछि वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन)ले उक्त क्षेत्रमा उडान स्थगन गरेको घोषणा गरेपछि सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विपद् प्रतिक्रिया, चिकित्सा उद्धार र पर्यटनमा यी प्रतिबन्धहरूको नकारात्मक प्रभावको बारेमा सार्वजनिक गुनासोहरू प्राप्त भएका छन्। हेलिकप्टर सञ्चालनमा अवरोध गर्ने व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।...