११ कार्तिक २०८१, आईतवार

Tag: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक  विस्वासकाे मत प्राप्त भयकाे छ

प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक विस्वासकाे मत प्राप्त भयकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।  प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास छ भन्ने पक्षमा -१५७ मत र बिपक्षमा -० मत खसेकाे हाे  ।१५८ जना सांसद मतदानमा सहभागी भएकोमा प्रधानमन्त्रीको विपक्षमा भने कसैले मतदान गरेनन् । एक जना सांसद तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम चौथो पटक विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो । तर योपटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु पर्याे । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि ला...
जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने बतायका छन ।उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए । कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उनले भने ।...
क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले क्रान्तिका वेला रुकुम राेल्पा सल्यान र जाजरकोटले साथ दियका हुन र फेरि शान्ति प्रक्रियामा पनि थप उर्जा मिल्ने बताय । बिहीबार दिउसो रुकुम पश्चिम बाफिँकाेटमा आयाेजित कार्यक्रम लाई सम्बाेधन गर्दै  उनले पुरानो आधार इलाकाबाट आफूले ऊर्जा लिएर फर्किने बताए । ‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ,’ उनले भने ।अहिले बनेकाे सरकार अझै पाँच बर्ष चल्ने ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन।   ...
प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" आज भुकम्पले क्षति ग्रस्त भयकाे ठाउँमा, स्थलगत अध्यनका लागि बझाङ जादैछन । प्रधानमन्त्री सहित १८ जनाकाे टाेलि आज बझाङ जादै छ । प्रधानमन्त्री का साथमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ ,परराष्ट्रमन्त्री एनपि साउद , सांसद भानुभक्त जाेशी, गृह सचिव , राष्ट्रिय बिपद् जाेखिम न्युनिकरण प्राधिकरणका प्रमुख लगायतकाे टिम जादैछन । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प मा परि २७ जना घाइते भयका छन भने एक जनाकाे मृत्यु भयकाे छ । प्रदेश भरि ७६ वटा निजि घर तथा एउटा  सरकारी कार्यलय पुर्ण रुपमा क्षति भयकाे छ भने ३ सय १ निजि घर र ३२ वटा सरकारी कार्यलयमा आंशिक क्षति पुगेकाे सुदुरपश्चिम  कार्य संचालन केन्द्रले जनायकाे छ । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क...
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधान मन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गरेका छन् । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चि...
प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छन्। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास...
प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी हुन यही साउन ६ गते त्यसतर्फ गएका थिए । प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए । स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनाै भनेर पहिल्यै घोषणा गर्ने कल्चर...
सामुदायिक बनबाट समुदायलाई लाभ हुने कार्यक्रम ल्याउछाै : प्रधानमन्त्री दाहाल

सामुदायिक बनबाट समुदायलाई लाभ हुने कार्यक्रम ल्याउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भूमिकाको स्पष्ट व्याख्या गर्ने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने काममा सरकार अघि बढेकाे प्रतिबद्धता व्यक्त गरेका गरे ।सामुदायिक वनबाट प्राप्त हुने लाभको सदुपयोग गरी समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्न सरकार लागि परेको बताएका छन् । काठमाडौँमा मंगलबारबाट सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले मानव र वन्यजन्तुको अन्तरद्वन्द्व व्यवस्थापनका लागि पनि सरकारको ध्यान गइरहेको बताए । प्रधानमन्त्री दाहालले स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले लिने करलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न पनि सरकारले पहल गर्ने आश्वासन दिए। प्रधानमन्त्री दाहालले भने, ‘मानव र वन्यजन्तुको अन्तरद्वन्द्वको व्यवस्थापनका ...
युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं । अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं ।’

युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं । अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं ।’

राजनीति, विचार, समाचार
काठमाडौ ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् । आफ्नो पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित­कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् । ‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ’ उनले भने, ‘युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं । अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं ।’ उनले कतिपय शक्तिहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने प्रयास भइरहेको उल्लेख गर्दै भने, ‘यसलाई रोक्न परिवर्तन पक्षधर शक्तिहरू एक हुनुपर्छ ।’ महासंघको हालसालै सम्पन्न महाधिवेशनबाट जगत सिंखडाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य...
तीन शिर्ष नेता बिच भेटवार्ता

तीन शिर्ष नेता बिच भेटवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । अहिले प्रधानमन्त्री,  देउवा र ओली  तीन शिर्ष नेता मात्रै छलफलमा हुनुहुन्छ’ ती सदस्यले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय र संक्रमणकालीन न्याय टुंग्गो लगाउने विषयमा छलफल जारी छ ।’ सचिवालय सदस्यले यस्तो दाबी गरे पनि नक्कली भुटानी शरणार्थीका विषयमा छलफल गर्न तीन नेताबीच छलफल भएको हुन सक्ने बताइएको छ । भुटानी शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन थालेकाले शीर्ष तहमा छलफल हुन लागेको बताएको छ । बुधबार बिहान मात्र पूर्...