११ श्रावण २०८१, शनिबार

Tag: प्रतिनिधि सभा

माओवादी केन्द्रले समानुपातिकका १४ सिट टुंगो लगायाे

माओवादी केन्द्रले समानुपातिकका १४ सिट टुंगो लगायाे

Breaking News, राजनीति, समाचार
२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक प्रणालीबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । हेर्नुहोस् सूची: आदिवासी जनजाति दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ हितराज पाण्डे (पुरुष) महिला ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी नारायणी शर्मा रुपासोसी चौधरी (थारु) दलित रणेन्द्र बराली सुशीला श्रीपाली ठकुरी मधेशी मीना यादव अमरावती देवी यादव पिछडिएको क्षेत्र कल्पना मिया...
ललितपुर ३ बाट स्वतन्त्रकी डा. ताेसिमा कार्की बिजयी ।

ललितपुर ३ बाट स्वतन्त्रकी डा. ताेसिमा कार्की बिजयी ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
८ मंसिर ललितपुर क्षेत्र नम्बर- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन्। प्रतिस्पर्धी भन्दा १८ हजार भन्दा धेरै मतान्तरसहित उनी विजयी भएकी हुन्। कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत भट्टराईलाई १८ हजार १७३ मतान्तरले पराजित गरेकी छन्। यो क्षेत्रमा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छन्। केहीबेरअघि सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् भने एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाएका छन्। ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाएकी छन्। तोसिमा कार्की विजयी भए पनि औपचारिक घोषणा गर्न भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृतले जानकारी  दिए।...
जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, समाचार
८ मंसिर जाजरकोट । नेकपा माओवादी केन्द्रका उप महासचिव  शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।...
प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
७ मंसिर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन्। आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ। प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन्।...
सप्तरी २ मा सिके राउत अघि- अघि उपेन्द्र यादव पछ्याउँदै

सप्तरी २ मा सिके राउत अघि- अघि उपेन्द्र यादव पछ्याउँदै

Breaking News, चुनाव, निर्वाचन, माैसम, समाचार
६ मंसिर, जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।...
काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए । २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध...
राेल्पा मा बर्षमान पुन काे अग्रता ।

राेल्पा मा बर्षमान पुन काे अग्रता ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवार भन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् । राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् । प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा अगाडि छन् । उनले ४ हजार ८५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत पाएका छन् । प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेद...
ओनसरी घर्तीकाे घोषणापत्रः कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङमार्ग र मनाेहरा करिडोर ,

ओनसरी घर्तीकाे घोषणापत्रः कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङमार्ग र मनाेहरा करिडोर ,

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं: सत्तारुढ लोकतान्त्रिक-बाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर-२ को घोषणापत्र सार्वजनिक गरेको छ। गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रमा बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान  गठबन्धन निर्माण भएको दाबी गरिएको छ । काठमाण्डौं-२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता घोषणापत्रमा छ । प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफूल खेती एवम् कृषिमा आधुनिकीकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल निर्मा...
माओवादी केन्द्र का पाेलिटब्युराे सदस्य रामदिप काे चुनावी अपिल , सार्वजनिक

माओवादी केन्द्र का पाेलिटब्युराे सदस्य रामदिप काे चुनावी अपिल , सार्वजनिक

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार रामदिप आचार्यले चुवानी अपिल सार्वजनिक गरेका छन् । अपिलमा आर्चायले जाजरकोट विकासका लागि चुनावी एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् । यस्ताे  छ अपिलकाे पूर्णपाठ : हार्दिक अपिल ! आदरणीय जाजरकोटबासी जनसमुदाय ! मैले प्रतिनिधिसभा समानुपातिक तर्फको उम्मेद्वारको रूपमा आफ्ना विचारहरू, धारणाहरू र प्रतिवद्धताहरू संक्षेपमा व्यक्त गर्न यो अपिल जारी गरेको छु । १. हाम्रो अवलोकन योग्य ब्रह्माण्ड बनेको १३.८ अर्ब वर्ष र हाम्रो पृथ्वी बनेको ४.५ अर्ब वर्षको इतिहासमा एउटा साधारण धुलोको कण बौद्धिक प्राणीको रूपमा विकसित भयो । हाम्रो प्रजाति होमो सेपियन्स निर्जीव वस्तुबाट एक कोषीय जीव, बहुकोषीय जीव, सरिसृप, स्तनधारी जनावर र अन्तमा पशुजगतबाट अलग भएर मान्छे बन्यो । यो मान्छे निरन्तर परिवर्तन र विकासको प्रक्रियामा छ । २. ...