२० जेष्ठ २०८२, मंगलवार

ललितपुर ३ बाट स्वतन्त्रकी डा. ताेसिमा कार्की बिजयी ।

८ मंसिर ललितपुर क्षेत्र नम्बर- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन्। प्रतिस्पर्धी भन्दा १८ हजार भन्दा धेरै मतान्तरसहित उनी विजयी भएकी हुन्।

कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत भट्टराईलाई १८ हजार १७३ मतान्तरले पराजित गरेकी छन्। यो क्षेत्रमा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छन्।

केहीबेरअघि सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् भने एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाएका छन्। ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाएकी छन्।

तोसिमा कार्की विजयी भए पनि औपचारिक घोषणा गर्न भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृतले जानकारी  दिए।