१८ जेष्ठ २०८२, आईतवार

Tag: ‘प्रचण्ड

गोरखा पुगेर  प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

गोरखा पुगेर प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक ढंगले यहाँ आउँदा रिल्याक्स फिल गरेको छु । प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताए । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गरे । सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्ड...
भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री प्रचण्ड नै हाे

भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री प्रचण्ड नै हाे

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१३ कात्तिक, गोरखा । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ । उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।...
गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

Breaking News, चुनाव, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गोरखामा छन्। शुक्रबार बेलुकी गोरखाको आरुघाट पुगेका प्रचण्डले आफू ४६ वर्ष अघि शिक्षक भई अध्यापन गराउँदाको स्मरण गरेका छन्। प्रचण्ड युद्धकालमा खाना खाने घर प्रचण्ड सचिवालयका अनुसार चुनावी प्रचार प्रसारको कार्यक्रममा उनी दुई दिन गोरखामै रहनेछन्। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका प्रचण्डले आरुघाटबाटै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने प्रेरणा प्राप्त गरेको उल्लेख गरे। दुई बर्ष बसेकाे घर शनिबार बिहान गोरखामा प्रचण्डले आफू बसेको घर, नुहाने धारा र खाना खाने घरसम्मको अवलोकन गरेका छन्। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै भनेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड भन्नुहुन्छ–४६ वर्ष पहिलेको फ्ल्यास ब्याक भयो।’ सँगै पढाएका दौतरी शिक्षक, किसान, दाजुभाइ दिदीबहिनीसंग शुक्...
गाेरखा २ बाट प्रचण्डको उम्मेदवार दर्ता ।

गाेरखा २ बाट प्रचण्डको उम्मेदवार दर्ता ।

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
२३असाेज गाेरखा । आसन्न मंसिर मा हुने चुनावका लागि पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाेरखा २ बाट उम्मेदवारी दर्ता गरेका छन । उहाँ संगै १३ जनाकाे उम्मेदवारी दर्ता भयकाे एक नेताले बताए । प्रचण्ड संगै पुर्व प्रधानमन्त्री तथा नेजसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी का उपाध्यक्ष नारायण काजि श्रेष्ठ पनि आजै गाेरखा पुगि प्रचण्डलाई साथ दिईरहेका थिय । ...
‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ प्रचण्ड

‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ प्रचण्ड

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
    २३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताएका छन् । गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हुन् । प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए । ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ उनले भने, ‘मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो ।’ गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको उनले बताए । ‘यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो ला...
घनश्याम भूसाललाई   प्रचण्डको फोन ?

घनश्याम भूसाललाई प्रचण्डको फोन ?

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
२३ असोज, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवार भएपनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । भूसालले शनिबार मात्र एमालेमा नरहने घोषणा गरेका थिए । लगतै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए । भुसालले भने आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताए । बरु आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए । आइतबार पत्रकारहरुसँग कुरा गर्दै भूसालले भने, ‘प्रस्तावका लागि माओवादीलाई धन्यवाद छ, प्रचण्डलाई धन्यवाद छ । तर मलाई स्वतन्त्र नै हुन दिनुस् भनें ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...
प्रचण्ड र  डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

प्रचण्ड र डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
२२ असोज, काठमाडौं । आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका थिए बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई अन्तर हृदयदेखि स्वागत गरेको बताएका छन् । भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् । बाबुरामको सचिवालयका एक सदस्यले भोलि (आइतबार) उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुराम सँगै गोरखा जाने जानकारी दिए ।निर्वाचन आयोगले आइतबार ...
भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ ।

भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ ।

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१८ असोज, काठमाडौं । भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र वायु सेना दुबैको आवश्यकता पूर्ति गर्ने बताएका छन् । उक्त हेलिकोप्टरको भिडियो ट्वीटरमा सेयर गर्दै रक्षामन्त्री सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड ।’ दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् । भारतीय मिडियाहरुका अनुसार यो हेलिकोप्टर बना...