११ श्रावण २०८१, शनिबार

प्रचण्ड र डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

२२ असोज, काठमाडौं । आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका थिए

बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई अन्तर हृदयदेखि स्वागत गरेको बताएका छन् । भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

बाबुरामको सचिवालयका एक सदस्यले भोलि (आइतबार) उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुराम सँगै गोरखा जाने जानकारी दिए ।निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।