३२ असार २०८२, बुधबार

Tag: नेकपा

नेकपा जाजरकोटद्वारा  मसाल जुलुस :

नेकपा जाजरकोटद्वारा मसाल जुलुस :

Breaking News, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकोटले खलंगामा मसाल जुलुस निकालेको छ । तत्कालीन केपि शर्मा वलीको सरकारलसंग नेकपाले ३ बुदे सहमति गरेको थियो । तर ३ बुदे सहमति गरेको २२ महिना बिति सक्दा पनि सरकारले  सहमति कार्यान्वयन गरेको छैन । ३ बुदे सहमति कार्यान्वयन गर्न दबाब सिर्जना गर्नको लागि मसाल जुलुस गरेको नेकपा जाजरकोटका सेक्रेटरी बिराजन सिले जानकारी दिएका छन् । भेरी नगरपालिका ३ नयाँ बस्तिदेखि सुरु भएको मसाल जुलुस ठाँटीमा गएर कोण सभामा परिनत भएको थियो । कोण सभामा सम्बोधन गर्दै जिल्ला सेक्रेटरी बिराजन सीले सरकारले नेकपासंग गरेको सहमति बिना सर्त कार्यान्वयन गर्न चेतावनी दिएका छन् । अहिले पनि नेकपाका कयौँ कार्यकर्ता देशका बिभिन्न जेलमा छन् । उनीहरुलाई बिना सर्त रिहाई गर्न सेक्रेटरी  सीले कोण सभा मार्फत चेतावनी दिएका छन् । नेकपाको लडाई कुनै पार्टी वा व्यक्तिसंग सम्बन्धित नभइ वैज्ञानिक समाजवादी व...
सि,  जातिकाे मृत्युु संस्कार नयाँ  तरिकाले हुनथाल्याे:

सि, जातिकाे मृत्युु संस्कार नयाँ तरिकाले हुनथाल्याे:

राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
२२ मंसिर काठमाडौं ।विप्लव नेतृत्वको नेकपाले पार्टीको नवौं महाधिवेशनबाट पुरानो जातीको अन्त्य गर्दै नयाँ कम्युनिस्ट साम्यवादी जाती ‘सी’ जाती निर्माण गरेको थियो । सोही अनुरुप महाधिवेशन सकिए लगत्तै नेकपाका देशभरका नेता-कार्यकर्ताहरुले त्यसलाइ लागू गरे । उनिहरुले आ-आफ्नो सामाजिक संजाल फेसबुकमा पुरानो परम्परागत जाती हटाएर अधिकांशले ‘सी’ लेखेका छन अर्थात मानव समाजको एउटै जाती कम्युनिस्ट साम्यवादी जाती । महासचिव विप्लवले आफुहरुले पार्टीको नवौं महाधिवेशनले जाति , धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति , मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्कारको विकास गरेको बताएका थिए । सो पार्टीका महासचिव विप्लवले आफ्नी दिवंगत आमा आशिकादेबी चन्दको दुखद निधन पश्चात् ‘सी’जातीले मृत्यु संस्कारलाई नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्...
नेकपा महासचिव विप्लवलाई मातृशाेक :

नेकपा महासचिव विप्लवलाई मातृशाेक :

Breaking News, समाचार, स्वास्थ
काठमाडौ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मातृशोक परेको छ। ९५ वर्षीया आमा आशिकादेवी चन्दको आज बिहान नौ बजे कपिलवस्तु शिवगढीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।केही हप्ता अगाडि घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचार गरेर घर आरामका लागी लगिएको थियो । घरमै औषधी सेवन गरी आराम गरिरहनु भएकी आशिकादेवी चन्दको शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा आज बिहान ९ बजे निधन भएको डा. प्रकाश चन्दले जानकारी दिए । टाउको गम्भीर चोट लागेर रगत जमेपछि बयोबृद्ध उमेरका कारण अप्रेसन गर्न नमिलेपछि घरमा लगिएको थियो । उहाँको परिवार, आफन्तजन र पार्टीको सल्लाहमा उहाँको अन्त्यस्टि गरिने नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले बताए । आमा आशिकादेवीको ३ छोराहरु विप्लव सी, वीरजंग सी र जयन्द्र सी र छाे...
सबै कम्युनिस्ट एक हुनुपर्छ : विप्लव

सबै कम्युनिस्ट एक हुनुपर्छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१३ मंसिर, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् । ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू एक ढिक्का हुनुपर्छ ,’ उनले भनेका छन् । कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट व...
नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन दिवश देशैभरि मनाउने

नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन दिवश देशैभरि मनाउने

Breaking News, राजनीति, समाचार
७ मंसिर काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवस देशव्यापी मनाउने भएको छ । आज भन्दा ९ वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाउन लागिएको हो। पुनर्गठन दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम गरि मनाउने योजना रहेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । ऐतिहासिक नवौं पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाऔँ, एकीकृत जनक्रान्तिको दिशामा अघि बढौँ भन्ने नारासहित आइतबार महासचिव विप्लवको फोटो अंकित पोस्टर सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी आफ्नो राजनैतिक कार्यक्रम वैज्ञानिक समाजवाद र सामरिक कार्यक्रम एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयन गर्दै दुई वर्षको प्रतिबन्ध र १२ जना शहिदको बलिदानसहित दलाल पुजिवादी उत्पादन सम्बन्ध सङ्गको...
आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे  भन्डाफोर सभा हुँदै

आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे भन्डाफोर सभा हुँदै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
     आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज/बहिस्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीले आज पूर्वको इटहरीमा भन्डाफोर सभा गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी विरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन लागेको हो । सुनसरीको इटहरी मेनचोक बाट १ सय मिटर पश्चिम तर्फको चोकमा आज दिउँसो ठिक १ बजे हुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा नेता सतिसाल लगाएतका नेताहरूले सम्बोधन गर्ने सुनसरीस्थित नेकपा पोलिट व्युरो सदस्य दिपेश सीले जानकारी दिएका छन् । कार्यक्रमको शुरुवात ब्यानरसहित नारा जुलुश गर्दै हुने बताइएको छ ।...
नेकपा  विप्लवका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

नेकपा विप्लवका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौँ : विप्लव नेतृत्वको नेकपा अर्थात् विप्लव समूह महाधिवेशनपछि झन्झन् रित्तिँदै गएको छ । कैलालीमा शुक्रबार दर्जनौँ जिल्लास्तरीय नेता–कार्यकर्ता विप्लव समूहबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा समाहित भएका छन् । नेकपा (बहुमत) मा प्रवेश गर्नेहरूमा माओवादी केन्द्र, एमाले, नेकपा एस, नेपाली काङ्ग्रेसलगायत पार्टीका नेता–कार्यकर्ता पनि छन् । नेकपा (बहुमत) मा प्रवेश गर्ने विप्लव समूहका जिल्लास्तरीय नेताहरूमा शारदा अधिकारी (कैलाली जिल्ला सदस्य), कटक थापा (कैलाली जिल्ला सदस्य), पान्सरा विकलगायत छन् । त्यसैगरी राजबहादुर बिस्ट नेकपा (एकीकृत समाजवादी युवा सङ्गठनका लम्की इन्चार्ज तथा एसका जिल्ला सचिवालय सदस्य), रङ्ग बटाला (नेकपा समाजवादी केन्द्र का जिल्ला सचिवालय सदस्य), चक्र बिस्ट (नेकपा एसका नगर समिति सचिवालय सदस्य), पद्मा शाही (राप्रपा नगर समिति सदस्य), डिल्ली बटाला (नेपाली काङ्ग्रेस), पुर...
जनता र राष्टृकाे  असली प्रतिनिधित्व गर्ने पार्टी र नेतृत्व नभएकाले नेपाली क्रान्तिले पुर्णतः प्राप्त गर्न सकेन : प्रकाण्ड

जनता र राष्टृकाे असली प्रतिनिधित्व गर्ने पार्टी र नेतृत्व नभएकाले नेपाली क्रान्तिले पुर्णतः प्राप्त गर्न सकेन : प्रकाण्ड

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
  काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता  प्रकाण्ड ले अहिलेको नेपालको राज्यसता र यसका अवयवहरु विदेशी साम्राज्यवादी र दलालहरुको स्वार्थको रक्षाकवचमा बदिलिएको बताएका छन् । तीन कम्युनिस्ट पार्टीद्वारा काठमाडौँको शान्तिबाटिका बिहीबार आयोजित भण्डाफोर सभालाई सम्बोधन गर्ने क्रममा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् । एमसीसी पास गरि सकेपछि अमरेकी स्वार्थलाई पूरा गर्ने एउटा टुल्सको रुपमा नेपालका दलहरूको गठबन्धन निर्माण हुन पुगेको र त्यसले मुलुकमा अझ संकट थपिन जानेतर्फ संकेत गर्दै प्रवक्ता प्रकाण्डले भने,-” नेपाल इतिहासमै अहिले सर्वाधिक खतरामा छ । यहाँको राज्य र संविधानको कारण यस्तो समस्या आएको हो । अहिलेको राज्यले नेपालका मजदुर, किसान बेरोजगार युवा र देशभक्त तथा हाम्रो माध्यम वर्गको प्रतिनिधित्व गर्दैन । यसले त साम्राज्यवादी डाकाहरुको मात्रै प्रतिनिधित्व गर्छ भन्ने...
प्रगतिशील तथा जनवादी गीत ‘चुनाव’ सार्वजनिक

प्रगतिशील तथा जनवादी गीत ‘चुनाव’ सार्वजनिक

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति
काठमाडौँ: प्रगतिशील तथा जनवादी गीतकार प्रेम सी र वरिष्ठ जनवादी तथा प्रगतिशील संगीतकार चिरन सीको संयुक्त प्रस्तुति ‘चुनाव’ सार्वजनिक सार्वजनिक  भएको छ । यही कार्तिक २० गते आइतबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा दिउसो १:३० देखि ४ बजेसम्म  उक्त समारोह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयकाे हाे । प्रगतिशील तथा जनवादी श्रष्टाहरुको उपस्थितिमा सार्वजनिक गर्न लागिएको उक्त “चुनाव” गीत सार्वजनिक समारोहमा जनवादी तथा प्रगतिशील श्रस्टालाई सम्मान गरियकाे थियाे ।...
नेकपा विप्लव  निकट युवाका महासचिव नै माओवादी केन्द्रमा

नेकपा विप्लव निकट युवाका महासचिव नै माओवादी केन्द्रमा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
      काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारी (बिधुसि ) सहितका केही  युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरूलाई प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेको बताइएको छ।...