११ श्रावण २०८१, शनिबार

नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादमा लिन जरुरी छ : विप्लव

२५ माघ काठमाडौं ।काठमाडौं जमलस्थित राष्ट्रिय नाँचघरको हलमा नेकपाको नवौं केन्द्रीय समितिको तेश्रो बैंठकको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाेल्दै नेकपाका महासचिव विप्लवले नेपाललाई नयाँ ब्यवस्था वैज्ञानिक समाजवादमा लैजान आवश्यक र जरुरी रहेको बताएका हुन् ।
उनले भने – नेपालको राजनीतिक र आर्थिक संकटको समस्या राजनीतिक दल, नेता, सरकार बन्ने बनाउनेसँग सम्बन्धित नभएर सिङ्गो राज्यव्यवस्थासँग सम्बन्धित भएको कारण देशमा वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक भएको बताए । उनले भने, ‘उत्पादन घट्दै जाने, उत्पादकत्व घट्दै जाने, परनिर्भरता बढ्दै जाने । बिदेशतिर मान्छे पलायन हुँदै जाने, देशको अर्थतन्त्र डामाडोल हुँदै जाने । रुपमा हेर्दा विप्रेषण बढेको जस्तो देखिने तर नेपालको अर्थतन्त्र संकटग्रस्त हुँदै जाने त्यो परिस्थिति छ । यसको मुल कारण भनेको नेपालको दलाला पूँजीवादी राज्यसत्ता हो । यसको समधान चुनाव वा सरकार हेरफेरको कुरा मात्र होईन, नेपाललाई नयाँ राज्यव्यवस्था वैज्ञानिक समाजवादी राज्यव्यवस्थातिर लैजान आवश्यक छ ।’
देशको आर्थिक स्वामित्व निश्चित परिवारको हातमा गएको र यो अवस्थाले सिंगो देशको अर्थतन्त्रलाई ध्वस्त बनाएकाे बताए । उनले भने, ‘नेपालमा अर्थतन्त्रको हिसाब गर्नुभयो भने २, ३ सय परिवारको हातमा नेपालको आधा सम्पति केन्द्रित हुँदैछ । अर्कोतिर ९० प्रतिशत जनता, मजदुर र किसानहरू गरिबीको मारमा धकेलिंदै छन् ।
नेपालका जनताहरू देश स्वाधिन, समृद्ध भएको हेर्न चाहिरहेको, गरीबीको चपेटाबाट निस्कन चाहेको तर, संसदवादी दल र राजनीतिले पूँजीवादी राज्यसत्ता र नेताहरूले यही व्यवस्थामा घुमाइरहेको बताए ।

उनले भने, ‘नेपाली जनताले देश स्वाधिन भएको हेर्न चाहन्छन् र नेपाललाई समृद्ध बनाउने नेपालीहरूको चाहना छ । आफ्नो आर्थिक जीवनमा परिवर्तन गर्ने जनताको चाहना छ । तर संसदवादी दल र राजनीतिले जनताहरूलाई घुमाईरहेको छ ।’
चुनावमा पुराना पार्टीहरू विरुद्धको जनमत सकरात्मक भएपनि जनतालाई नेपालमा समस्या पार्टीहरू र नेताहरूको मात्र नभई देशको आर्थिक सम्बन्ध दलाल पूँजीपति वर्गसँगको सम्बन्ध समस्या भएको बताए । चुनावमा नयाँ राजनीतिक दलहरू पनि उदाए । त्यो सकारात्मक कुरा पनि हो । तर जनतालाई यो कुरा पनि थाहा हुनुपर्छ कि नेपालमा समस्या केवल पार्टीहरूको मात्र होईन, नेताहरूको मात्र होईन । यहाँको आर्थिक सम्बन्ध दलाल पूँजीपति वर्गको आर्थिक सम्बन्ध र नेपालको समस्या हो । नेपालमा एकातिर थोरै मान्छेहरूले अर्थतन्त्रमा नियन्त्रण राख्ने । जनताको ठूलो हिस्सा गरीबीतिर धकेलिने ,उनले भने ।
महासचिव विप्लवले अगाडि थप्देै भने,’विदेशीहरूको निर्देशनमा यहाँका अर्थतन्त्र निर्माण गरिने नवउदारवादको कारणले देशको अर्थतन्त्र टाट पल्टाउने र मुठ्ठी भर विदेशी एकाधिकार पुँजीपतिको देशको अर्थतन्त्रमा कब्जा जमाउने जो अहिलेको परिस्थिति छ त्यसको अन्त्य गर्न हाम्रो पार्टीको तेस्रो पूर्ण बैठकले निर्णय गरेको छ ।
र यो अभियानमा नयाँ परिवर्तनकारी पुस्ता साेच्नुपर्छ, जसले नेपालको राजनीति, नेपालकाे अर्थसम्बन्ध र विश्व परिस्थिति बुझेको छ उनीहरू परिवर्तनको पक्षमा लाग्नेछन्, विशेष गरि शिक्षित श्रमिक युवाहरू केवल मात्रात्मक परिवर्तन मात्रै होइन दीर्घकालीन परिवर्तनको बाटो पकड्ने छन् ।’
महासचिव विप्लवले नेपालको अर्थतन्त्र खस्किदै जानुको मुख्य कारकतत्व वर्तमान दलाल पूँजीवादी राज्यसत्ता भएको बताएका छन् ।
महासचिव विप्लवले नेपालको अर्थतन्त्र खस्किदै जानुको मुख्य कारकतत्व वर्तमान दलाल पूँजीवादी राज्यसत्ता भएको बताएका छन्
यो दलाल संसदीय व्यवस्थाको रूपान्तरण र परिवर्तनको लागि नेपालको शैक्षिक श्रमिक वर्गले मुख्य भूमिका खेल्नुपर्ने बताए ।   उनले भने अबका कलेज र विश्वविद्यालहरुका विद्यार्थीहरू, गाउँ र सहरका परिवर्तनकारी युवाहरुमा नै यो व्यवस्था परिवर्तनका केन्द्र हुनेछन्, युवा विद्यार्थीमा एउटा परिवर्तनको हुटहुटी देखिएको छ तर त्यसले सही बाटो समात्न जरुरी छ ।’
नेपालको तराईमा मिटरब्याजी र पहाडमा लघुबित्तमाथि देशभर बिरोध प्रर्दशन गर्ने निर्णय गरिएको महासचिव बिप्लवले बताए । नेपाली जनता मीटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको, उक्त ऋणका कारण घरबारबिहीन भएर गाउँबाट बिस्थापित हुनुपर्ने, आत्महत्या गर्नुपर्ने अबस्था आएको कारण संघर्ष र विरोध प्रदर्शन गरिने बताए । ‘किसानले पुरानो जीवनबाट माथि उठ्न ऋण काढेका छन् । तर ती सबै मिटरब्याजीले लिएर सडकमा पुर्याइदिइरहेका छन्’ ।

नेपाल कम्युनिस्ट पार्टीले ‘मिटरब्याज, बैंक तथा लघुबित्तको चर्को ब्याजदरविरुद्ध फाल्गुन ५ गते र चर्को महंगीबिरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने बताइएको छ ।