नेकपाद्वारा १० बुँदे समसामयिक प्रस्तावहरु पारित, समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनताको कार्यनीति पारित
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीति प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
नवौँ महाधिवेशनमा पारित नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरी लुटेराको सट्टा अर्का लुटेराहरु अगाडि सार्ने, पुराना सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धहरु निर्माण गर्ने, श्रमिक जनतालाई पुँजीवादबाट पुँजीवादमै, चुनावबाट चुनावमै, संसद्बाट संसद्कै गोलचक्करमा घुमाउने अल्झाउने खेल भएको उल्लेख गर्दै देशमा संसदीय व्यवस्थाको दलालीकरण, बदनामी, टाटपल्टाई र असफल भएको ठोकुवा गरिएको छ ।
यसैगरी, दलाल पुँजीवादी सत्ताको संसदीय व्यवस्थाको संघ र प्रदेशका चुनाव उपयोग, प्रयोग गर्नु उचित र सम्भव नभएको भन्दै जनत...