११ श्रावण २०८१, शनिबार

नेकपाको नवाैँ महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समितिको बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशनकाे पूर्वसन्ध्यामा केन्द्रीय समितिकाे १४ औँ पूर्ण बैठक प्रारम्भ भएकाे छ ।

नेकपा महासचिव विप्लवको अध्यक्षतामा आजबाट सुरु भएको बैठकले पार्टीको केन्द्रीय कार्यलय शिवगढीमा यही असाेज २५ गतेदेखि ३१ गतेसम्म हुने नवाैँ महाधिवेशनकाे सम्पूर्ण तयारीको बारेमा जानकारी गराएको छ /

असाेज २५ गते दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यलय शिवगढीमा उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएकाे नेकपाले जनाएको छ ।

महाधिवेशनमा आउने सबै अतिथि, प्रतिनिधि, पर्यवेक्षकहरुलाई स्वागत गर्नका लागि विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएका छन्

देशभरबाट जिल्ला जिल्लाका, विभिन्न विभाग, जवसका प्रतिनिधि, पर्यवेक्षक छनाेट गरी आउने क्रम सुरु भएकाे छ ।

वर्षाका बाबजुद पनि खुल्ला रुपमा महाधिवेशनकाे उद्घाटन हुने केन्द्रीय कार्यलयले जनाएकाे छ ।

महाधिवेशनकाे जानकारी दिनकाे लागि सुचना डेस्क, स्वास्थ्य विभाग, मेष व्यवस्थापनका लागि टिम बनाइएको नेकपा प्रचार तथा प्रकाशन विभाग इन्चार्ज वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले जानकारी दिएका छन् ।

महासचिव विप्लवद्वारा उद्घाटन हुने महाधिवेशनको उद्घाटन सभामा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुले शुभकामना दिने उनले बताएका छन् ।
महाधिवेशन सफल पार्न स्वयमसेवक पनि परिचालन गरिने भएकाे छ ।