११ श्रावण २०८१, शनिबार

नेकपा जाजरकोटद्वारा मसाल जुलुस :

नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकोटले खलंगामा मसाल जुलुस निकालेको छ । तत्कालीन केपि शर्मा वलीको सरकारलसंग नेकपाले ३ बुदे सहमति गरेको थियो । तर ३ बुदे सहमति गरेको २२ महिना बिति सक्दा पनि सरकारले  सहमति कार्यान्वयन गरेको छैन । ३ बुदे सहमति कार्यान्वयन गर्न दबाब सिर्जना गर्नको लागि मसाल जुलुस गरेको नेकपा जाजरकोटका सेक्रेटरी बिराजन सिले जानकारी दिएका छन् ।

भेरी नगरपालिका ३ नयाँ बस्तिदेखि सुरु भएको मसाल जुलुस ठाँटीमा गएर कोण सभामा परिनत भएको थियो । कोण सभामा सम्बोधन गर्दै जिल्ला सेक्रेटरी बिराजन सीले सरकारले नेकपासंग गरेको सहमति बिना सर्त कार्यान्वयन गर्न चेतावनी दिएका छन् । अहिले पनि नेकपाका कयौँ कार्यकर्ता देशका बिभिन्न जेलमा छन् । उनीहरुलाई बिना सर्त रिहाई गर्न सेक्रेटरी  सीले कोण सभा मार्फत चेतावनी दिएका छन् ।

नेकपाको लडाई कुनै पार्टी वा व्यक्तिसंग सम्बन्धित नभइ वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको लागि भएको सीले बताएका छन् । सरकार सहमति र सहकार्यमा नआए नेपाली जनताले सडक तताउन बाध्य हुने खबरदारी पनि कोण सभा मार्फत गरिएको थियो ।