२६ फाल्गुन २०८२, मंगलवार

Tag: नेकपा (बहुमत)

नेकपा (बहुमत ) बाग्मती ब्युराे ईन्चार्ज सहित २५ जना भन्दा बढि नेता कार्यक्रता गिरफ्तार ।

नेकपा (बहुमत ) बाग्मती ब्युराे ईन्चार्ज सहित २५ जना भन्दा बढि नेता कार्यक्रता गिरफ्तार ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती ब्युरो इन्चार्ज शरद रसाइलीलाई प्रहरीले चुनाव अवज्ञा आह्वान गर्दै आयोजना गरिएको प्रदर्शन स्थलबाट गिरफ्तार गरेको छ । प्रहरीले रसाइलीसँगै नेकपा (बहुमत) का काठमाडौँ इन्चार्ज एवम् पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य दीपेन्द्र चलाउने, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, भीम बटालालगायत २५ जनालाई गिरफ्तार गरेको छ । संसदीय व्यवस्थाको चुनाव जनतालाई धोका भएको भन्दै नेकपा (बहुमत) ले आज काठमाडौँमा पनि प्रदर्शन गरेको थियो । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको बताइएको छ । प्रदर्शनस्थलबाटै नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको हो । यसअघि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्...
नेकपा (बहुमत) को आह्वान: संसदीय चुनाव अवज्ञा र बहिष्कार गराैं ।

नेकपा (बहुमत) को आह्वान: संसदीय चुनाव अवज्ञा र बहिष्कार गराैं ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौँ :नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय चुनाव अवज्ञा गर्न जनसमुदायलाई आह्वान गरेका छन् । शनिबार जनसमुदायका नाउँमा अपिल जारी गर्दै प्रवक्ता सुदर्शनले भनेका छन्, ‘हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासका अवरोधहरूलाई मतदान गरी अवरोध हटाउन ढिला नगरौँ । यो कुनै मतदान होइन, यो वास्तवमा मत दुरुपयोग हुन जान्छ ।’ प्रवक्ता सुदर्शनले नवउदारवादी अर्थव्यवस्था र दर्शनबाट निर्देशित पुँजीवादी संसदीय राजनीतिक प्रणाली नेपाली श्रमजीवी तथा उत्पीडित वर्गका लागि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासको छेकबार बनेर उभिएको प्रस्ट पार्दै भनेका छन्, ‘यसको विकल्प भनेको जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी व्यवस्था हो ।’ प्रवक्ता सुदर्शनले अगाडि भनेका छन्, ‘हामीले यो मतदानमा भाग लिने हो भने दलाल पुँजीवादका पहरेदारहरू, सहश्राब्दी चुनौती निगम (एमसीसी) लगायत असमान तथा रा...
तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ : दलाल पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानका क्रममा गिरफ्तार भएर तीन वर्ष जेल जीवन व्यतित गरी हालै रिहा भएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठनका नेता तथा पार्टीको जनकपुर ब्युरो कार्यालय सचिव रहेका रोहित ढकाललाई नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय कार्यालयले स्वागत गरेको छ । ढकाललाई शुक्रबार पार्टीको केन्द्रीय कार्यालयले स्वागत अभिनन्दन गरेको हो । रोहितलाई स्वागत गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले उनको गिरफ्तारी र रिहाइपछिको समयसम्म राजनीतिमा धेरै उथलपुथल भइसकेको परिस्थितिबारेमा जानकारी गराए । संयोजक कञ्चनले सबै कारागारमा अन्यायपूर्वक जेलजीवन बिताइरहेका साथीहरूको रिहाइका लागि कसरत गरिरहेको पनि बताए । आफ्नो पार्टी नयाँ कार्यक्रम र कार्यदिशासहित अघि बढिरहेको अवस्थामा नयाँ स्पिरिटका साथ अगाडि बढ्नुपर्ने संयोजक कञ्चनले...
गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेसका उम्मेदवार विनाेद चाैधरीकाे घरमा कालाे ब्यानर :

गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेसका उम्मेदवार विनाेद चाैधरीकाे घरमा कालाे ब्यानर :

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
२ मंसिर बुटवल  । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयंसेवक नेपालले गृहमन्त्री तथा नेपाली काँग्रेसका उमेद्वार बालकृष्ण खाँडको घरमा कालो ब्यानर टाँगेको छ । युवा जनस्वयंसेवक नेपाल रुपन्देहीले मंसिर ४ को निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेका बालकृष्ण खाँड एमसिसी र एसपिपिको मतियार बनेको बन्दै अबज्ञा गरिएको जनाएको छ । यस्तै अर्का उम्मेद्वार दिपक बोहोराको घरमा पनि कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति रुपन्देहीले मंसिर ४ को निर्वाचनमा दिपक बोहोरालाई सामाजिक बहिस्कार गरौँ । आयल निगमको जग्गामा घोटाला गरेको, राष्ट्रघाती सम्झौता एमसिसीको मतियार भएको, दलाल भु–माफिया भएको भन्दै ब्यानर टाँगेको छ । गृहमन्त्री खाँड र दिपक बोहोरा दुबैलाई भोट नहाल्न र सामाजिक बहिष्कार गर्न समेत आह्वान गरिएको छ । बिहिवार  नेपालकै धनाढ्यमा गनिने विनोद चौधरीको...
एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
बुटवल : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै उनको निर्वाचन क्षेत्रका बजारहरूमा कालो ब्यानर प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ, रूपन्देही र अखिल नेपाल किसान महासङ्घ, रूपन्देहीले सार्वजनिक स्थलहरूमा पौडेलविरुद्ध कालो ब्यानर टाँगेका हुन् । विष्णु पौडेललाई अवज्ञा किन ? कथित मङ्सिर ४ को निर्वाचन अवज्ञा गरौँ ! भूमाफिया, ललिता निवास जग्गा विवाद प्रकरणका दोषी विष्णु पौडेललाई रूपन्देही क्षेत्र नं. २ मा प्रवेश निषेध गरौँ !’ भन्दै आज बुटवलका मिलनचोक, नयाँगाउँलगायत व्यस्त बजारका सार्वजनिक स्थलहरूमा कालो ब्यानर प्रदर्शन गरी चोकचोकमा टाँगिएको अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ रूपन्देहीले जनाएको छ ।यसअघि संसदीय चुनाव अवज्ञा गरौँ भन्दै नेकपा (बहुमत) रूपन्देहीलगायत पार्टी निकट मोर्चाहरूले कोणसभा, प्रच...
नेकपा (बहुमत) काे चुनावी अवज्ञाबारे प्रचार- प्रसार तिब्र बन्दै

नेकपा (बहुमत) काे चुनावी अवज्ञाबारे प्रचार- प्रसार तिब्र बन्दै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौँ : नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरहरूले पर्वत र म्याग्दीका सरकारी कार्यालयहरूसमेत रङ्गिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अधिकांश सरकारी कार्यालयका प्रवेशद्वारहरूमा ‘संसदीय चुनावको अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !’ भन्ने नाराहरू लेखिएका रङ्गीन पोस्टरहरू व्यापक रूपमा टाँसेको हो । नेकपा (बहुमत) ले यही मङ्सिर ४ गते हुने भनिएको प्रदेश र सङ्घका संसदीय निर्वाचनलाई फेरि देश बेच्ने लाइसेन्स सुदृढ गर्ने संसद्वादीहरूको प्रयास भन्दै सर्वसाधारण जनतालाई यो व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध हुन आह्वान गरेको छ । यो व्यवस्थाले देश र जनतालाई कङ्गाल बनाएको र राजनीतिक अस्थिरता कायम गरेको हँुदा यो निर्वाचन अवज्ञा गरी स्थायित्व कायम गर्न स्वाधीन संयुक्त सरकार निर्माण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमु...
नेकपा (बहुमत )का युवा नेता राेहित ढकाल रिहाई पछि सम्मानित :

नेकपा (बहुमत )का युवा नेता राेहित ढकाल रिहाई पछि सम्मानित :

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
    काठमाडौँ : नेकपा (बहुमत) का युवा नेता रोहित ढकाल तीन वर्षपछि जेलमुक्त भएका छन् । ढकाल जेलमुक्त हुनासाथ नेकपा (बहुमत) को मधेस ब्युरोअन्तर्गत धनुषाले स्वागत अभिनन्दन गरेको छ । उनी २०७६ साल पुस ३ गते सर्लाहीको लालबन्दी बजारबाट गिरफ्तार भएका थिए । उनी यही २३ गते जनकपुरबाट रिहा भएका हुन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् धनुषा जिल्ला इन्चार्ज रेखालगायत पार्टी नेताहरूले रोहितलाई खुला आकाश र क्रान्तिकारी आन्दोलनमा स्वागत गर्दै अभिनन्दन गरेका थिए । जेलमुक्त भएपछि नेकपा (बहुमत) का युवा नेता रोहितले रातो खबरसँग कुरा गर्दै आफू निरन्तर क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुने र संसदीय संशोधनवादलाई घृणा र तिरस्कार गर्ने बताए । उनलाई तत्कालीन सरकारले दर्जनौँ झूट्टा मुद्दा लगाउँदै विभिन्न हिरासत र जेल घुमाएर फसाउने षड्यन्त्र गरेको थियो । तर उनी आस्था, निष्ठा र विचारमा प्...
नेकपा  ( बहुमत) द्वारा विशेष पत्रकार सम्मेलन ।

नेकपा ( बहुमत) द्वारा विशेष पत्रकार सम्मेलन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
   काठमाडौं  ।काठमाडौंकाे अनामनगर स्थित संवाद डब्वलीमा  नेपाल कम्युनिस्ट पार्टी बहुमत कपिलवस्तु का जिल्ला सचिवालय  सदस्य तुकलाल पुनमाथि भयकाे सांघातिक आक्रमणको घाेर भत्सर्ना गर्दै , नेकपा बहुमत केन्द्रीय कमिटीले बिशेष पत्रकार सम्मेलन गरेर घटनाकाे सार्वजनिकरण गरेकाे हाे । कार्तिक २२ गते दिउसाे १ बज्जे महिला संगठन कि अध्यक्ष काे घरमा बसिरहेको वेला ६/७ जना बिप्लव समुहका कार्यक्रताले  यक्कासी आएर  ,( तुकलाल भन्ने तै हाेस तैले बिद्रोह गरेर हाम्रो पार्टी कमजाेर बनाईस हैन) भन्दै टाउकामा रडले  हानेपछि म बेहाेस भयर ढलेकाे र याे मरिसकेको छ भन्दै भागेकाे । उनिहरुले ज्यान  लिने लक्ष्य सहित  आक्रमण गरेकाे घाइते पुनले  खुलासा गरेका हुन ।घाइते पुनकि जीवन संगिनि धर्मशिला पुन ले बिप्लवलाई  हिजाे हामिले  खाना बास दियर बचायाै,   उहाकाे निर्देशनमा आज मेराे श्रिमान माथि यसरी आक्रमण हुने ?  बिप्लवका गुण्डे क...
भूकम्पबाट निधन भएकाहरूप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

भूकम्पबाट निधन भएकाहरूप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

Breaking News, राष्ट्रिय, समाचार
     काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबार राती डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा भूकम्पले घर भत्किँदा दुःखद् निधन भएका ठाडागाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै भूकम्पमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको अपेक्षा गरेका छन् । प्रवक्ता सुदर्शनले घाइतेहरूको शीघ्रातिशीघ्र उपचार गराउन र भूकम्पले घर भत्काएपछि जाडोमा आगो तापेर रात बिताउन बाध्य पीडितको बसोबास र खानपिनको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेका छन् । प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डोटी जिल्लामा रहेको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर मङ्गलबार राती ६.६ म्याग्निच्युडको भूकम्प गएको र जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं ३ गैरागाउँमा घर...
संसदीय चुनावविरुद्ध काठमाडौँमा आज चार दलको विशेष अवज्ञा/बहिष्कार सभा

संसदीय चुनावविरुद्ध काठमाडौँमा आज चार दलको विशेष अवज्ञा/बहिष्कार सभा

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
     काठमाडौँ : सरकारले आउँदो मङ्सिर ४ गते गर्न लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले देशमा कुनै परिवर्तन नल्याउने, बरु यसले निर्वाचित/वैधानिक दलाल मात्र जन्माउने, आर्थिक व्ययभार मात्र बढाउने निष्कर्ष निकाल्दै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले बुधबार काठमाडौँमा विशेष अवज्ञा/बहिष्कार सभा गर्न लागेका छन् । चार दलले निर्वाचनको अवज्ञा तथा वहिष्कारका पक्षमा जनमत सिर्जना गर्न असोज २३ गतेदेखि कात्तिक २३ गतेसम्म देशव्यापी जनसभा घोषणा गरेका थिए । चार दलले निर्वाचन अवज्ञाका लागि अभियानात्मक रूपले संयुक्त कार्यक्रमहरू गर्दै आएका छन् । काठमाडौँको कार्यक्रम यसअघि घोषित कार्यक्रमको उत्कर्ष सभा हो । चार दलले क्रान्तिकारी शक्ति, उत्पीडित जनता र सञ्चारकर्मीलाई कार्यक्रममा सहभागिताका लागि आह्वान पनि गरेका छन् । नेकपा (बहुमत) केन्द्रीय प्रचार, ...