२३ भाद्र २०८१, आईतवार

Tag: नेकपा (बहुमत)

पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महान् जनयुद्धका एक क्रान्तिकारी बौद्धिक माओवादी नेता, पूर्वसंविधानसभा सदस्य कमरेड बालकृष्ण ढुङ्गेलको असामयिक निधनले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नाउँको दलाल संसदीय व्यवस्था र सरकारले जनयुद्धकालीन झूट्टा मुद्दा लगाएर लामो समयसम्म अन्यायपूर्वक जेलमा राखेका कमरेड ढुङ्गेलको असामयिक निधनबाट राजनीतिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड बालकृष्ण ढुङ्गेलप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र शोकसन्तप्त परिवारजन...
बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र |

बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र |

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ  नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोका जवस/मोर्चाहरूले सबै जिल्लाका निर्वाचन आयोगका अधिकृतहरूलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । जवस/मोर्चाका नेता–कार्यकर्ताहरूले मधेस ब्युरोका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र रौतहटका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र बुझाएका हुन् । सर्लाहीको निर्वाचन आयोगको कार्यालयमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, जिल्ला संयोजक बिहानी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज किसुनदेव शर्मा, मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ठगा राम, युवा जनस्वयम्सेवक नेपालका जिल्ला सदस्य बिजिन्द्रमण्डलसहितको टोलीले निर्वाचन कार्यालयका अधिकृत निर्मल पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । त्यस...
देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ : भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष भूमिका खेल्ने र संसद्‌बाट पारित गराउन भूमिका खेल्नेहरूलाई सांसदको उम्मेदवार नबनाउन चेतावनी दिँदै नेकपा (बहुमत) ले आइतबार उम्मेदवारी मनोनयनकै दिन देशभरका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र दिएको छ । नेकपा (बहुमत) का विभिन्न नौवटा जनवर्गीय सङ्गठनहरूले देशशभर एकैसाथ ज्ञापनपत्र दिएका हुन् । मङ्सिर ४ गते हुने भनिएको निर्वाचनमा भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन निर्वाचन आयोगलाई आग्रह गर्दै उक्त ज्ञापनपत्र बुझाइएको जानकारी नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र विकले दिए । उनले आफ्नो पार्टी निकट रहेका नौ ...
साथीहरू, साहस गरौँ ! बल गरौँ !!

साथीहरू, साहस गरौँ ! बल गरौँ !!

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, सुचना संचार
कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने शुभेच्छा सुरुमा नै व्यक्त गर्न चाहन्छु । कमरेड विप्लवद्वारा नवौँ महाधिवेशनमा पेस गरिने प्रतिवेदन पढ्न पाएँ । विगतमा सँगै हुँदा भएका वैचारिक बहसहरू र अहिले प्रतिवेदनमा समावेश गरिएका वैचारिक/राजनीतिक, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा बहस गर्न जरुरी ठानेको छु । तर मलाई के अप्ठ्यारो भएको छ भने यी बहसहरूको उठान मार्क्सवादका आधारमा गरौँ कि सामान्य पुँजीवादी अवधारणाका आधारमा ? कमरेडहरूलाई अचम्म लाग्ला एउटा खाँटी क्रान्तिकारी भनिएको र मार्क्सवाद—लेनिनवाद—माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने पार्टीको प्रतिवेदनमाथिको बहस किन गैरमार्क्सवादी...
भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार, सुचना संचार
चितवन : नेकपा (बहुमत) चितवनले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले बिचौलियाहरूको मिलोमतोमा भारतबाट दूषित माछा ल्याएर खुलेआम बेचिरहेको भन्दै त्यसका विरुद्ध नेपाल मत्स्य व्यवसायी सङ्घले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ । नेकपा (बहुमत) चितवनका संयोजक विजय शर्माले विज्ञप्ति जारी गरी नेपाली उपभोक्ताको माग र आवश्यकताअनुसार गुणस्तरीय माछा उत्पादनका लागि नेपाली मत्स्य व्यवसायीहरू सक्षम रहेको अवस्थामा भारतबाट निकासी हुने हानिकारक विषादीको प्रयोग भएका, बिचौलियाका आडमा आएको माछाले नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने निश्चित रहेकाले यस्ताखाले माछा प्रवेश नगराउन सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन् । संयोजक विजय शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राष्ट्रियता, जनजीविका र जनतन्त्रका लागि निरन्तर सङ्घर्षरत रही दलाल संसदीय व्यवस्थाक...