११ श्रावण २०८१, शनिबार

Tag: खेम थपलिया

जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह :- खेम थपलिया

जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह :- खेम थपलिया

Breaking News, राजनीति, विचार, शिक्षा, संस्कृति
विषयारम्भ : नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि नै सहादतको प्रक्रिया सुरु भइसकेको थियो । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा सुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइ...
“कम्युनिस्ट पार्टी संगठन” नामको किताब विमोचन सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न

“कम्युनिस्ट पार्टी संगठन” नामको किताब विमोचन सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।स्वाभिमान प्रकाशन गृह प्रा.लि.को आयोजनामा खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी’ संगठन नामको किताव विमोचनसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौँको बागबजार होटेल हार्दिकमा सम्पन्न भएको उक्त कार्यक्रममा खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी’ संगठन नामको किताव विमोचन कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरु नेकपा एमालेका उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य हेमन्त प्रकाश ओली "सुदर्शन" वरिष्ठ अधिवक्ता एकराज भण्डारी  र बामपन्थी विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसी  ले उक्त कितावकोबारे आआफ्ना धारणा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथिले प्रकासित कितावमाथि आफ्नो धारणा राखेका थिए । यस्तै कार्यक्रममा वामपन्थी लेखक न...
प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट पार्टी संगठन” नामक बुक आज सार्वजनिक हुने

प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट पार्टी संगठन” नामक बुक आज सार्वजनिक हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।स्वाभिमान प्रकाशन गृह प्रा.लि. ले आज दिउसाे १ बजे होटेल हार्दिक (सद्भाव हल), बागबजार, काठमाडौँमा लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी संगठन’ नामक पुस्तकको सार्वजनिककीकरण एवम् विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार स्वाभिमान प्रकाशन गृह प्रा.लि.का अध्यक्ष भीम चापागाईँले सम्पादकज्यू/समाचार प्रमुखज्यूलाई पत्रमार्फत विशेष अन्तरक्रिया कार्यक्रमको आफ्नो लोकप्रिय सञ्चार–माध्यमबाट समाचार संकलन तथा सम्प्रेषण गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन् । उक्त विशेष अन्तरक्रिया कार्यक्रममा वक्ता अतिथिहरु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की, नेकपा (एकीकृत समाजवादी) का महासचिव धनश्याम भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेप...
खेम थपलियाकाे नाट्यकृति कमरेड फिप्टि पर्सेन्ट सार्वजनिक

खेम थपलियाकाे नाट्यकृति कमरेड फिप्टि पर्सेन्ट सार्वजनिक

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयाेजक खेम थपलियाद्वारा लिखित नाट्यकृति कमरेड फिप्टि पर्सेन्ट सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न भयकाे छ । बुधबार काठमाडौंको अनामनगर स्थित संबाद डबलीमा संचालन भयकाे उक्त कार्यक्रमकाे अध्यक्षता लेखक खेम थपलियाले र संचालन अम्बिका चन्द ओलि ले गर कि थिईन भने स्वागत मन्तब्य महासंघका सदस्य राेजनले गरेका थिय । अतिथि  नेकपा बहुमतका संयाेजक धर्मेन्द्र बास्तोला कन्चन, कार्यलय सदस्य उदय बहादुर चलाउने (दिपक ),लाल बहादुर बि सि (शार्दुल) ,सचिवालय सदस्य समरजंग ,अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष  प्रा.डा.जगदीशचन्द्र  भण्डारी,नेकपा बहुमतका प्रकाशन तथा प्रचार  बिभाग प्रमुख  अशाेक सुवेदी ,नाट्यकार तथा लेखक  विजय बिष्फाेट ,वामबिष्लेषक  नरेन्द्र जंग पिटर , बिष्लेषक तथा समाजिक अभियान्ता बद्री चाैलागाई , रक्तिम साँस्कृतिक परिवार संयाेजक नारायण शर्मा लगा...
चैत ५ प्रतिरोध अर्थात, आक्राेश र प्रतिबद्धताको दिन

चैत ५ प्रतिरोध अर्थात, आक्राेश र प्रतिबद्धताको दिन

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
२०५५ साल चैत ५ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवर मादल, बाँसुरी, हार्मोनियम बोकेर काभ्रेपलान्चोक जिल्लाको अनेकोटमा पुगे । उनीहरू अनेकोटकै एक घरमा बसे । भोक, थकाइ र अनिंद्राका बिच पनि उनीहरूले त्यहाँ गरिबी, उत्पीडन र उन्मुक्तिको गीत गाए । गीत टुङ्ग्याउन नपाउँदै एमालेको सुराकीमा गएका प्रहरीहरूले जनताका कलाकार बसेको घरलाई घेरा हालेर अन्धाधुन्द गोली बर्साउन थाले । ताकेरै जनताका कलाकारको छाती फोडियो । रगतको भेल बग्यो । जनकलाकारका मादल फुटाइयो, बाँसुरी भाँचियो, गितारका तारहरू छिनालियो अनि घरमा आगो लगाइयो । जनताका कलाकारहरूले फासिस्ट सत्ता र तिनका मतियारका विरुद्ध यथासक्दो प्रतिरोध पनि गरिरहे । रक्तमुछेल जनकलाकारहरू दन्कँदो आगोका लप्काका बिच पनि महान् जनयुद्ध जिन्दाव...
सहिद,सहिद सप्ताह र बलिदानकाे मुल्य

सहिद,सहिद सप्ताह र बलिदानकाे मुल्य

Breaking News, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
  आमुख । नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा मुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालले पनि रगत बगा...
दर्शनशास्त्र  परिभाषा

दर्शनशास्त्र परिभाषा

Breaking News, राष्ट्रिय, विचार
दर्शनशास्त्र (१) दर्शनको परिभाषा : ♦ दर्शन भनेको जीवन र जगतलाई हेर्ने, वुझ्ने र व्याख्या गर्ने दृष्ट्रिकोण हो । प्रकृति र मानव समाजको भित्री आखा हो । यही ♦आखाले हरेक वस्तुलाई हेर्ने, जाच्ने, वुभ्ने र सोही अनुरुप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्दछ । ♦माक्र्सका शव्दमाः ‘हरेक साचो दर्शन आफ्नो समयको वौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो ।’ @ “दर्शन सत्य सम्वन्धी दृष्टिकोण (vision of truth) हो ।”-प्लेटो @ “दर्शनशास्त्र विज्ञान र धर्मशास्त्र बीचको विषय हो ।”-ब्रट्राण्ड रसेल @ “दर्शनशास्त्र जगतको विषयवोध गर्ने मानव प्रयाश हो ।”-स.राधाकृष्णन् @ “दर्शनशास्त्र चिन्तन पद्दति मात्र नभै जीवन पद्दति पनि हो ।” -हिरियन्ना @ “प्रत्येक दर्शनले एक विश्वदृष्टिकोण अभिव्यक्त गर्दछ ।”-मोरिस कन्फोर्थ @ “हरेक सच्चा दर्शन आ�नो युगको उच्चतम बौद्धिक सारतत्व हो ।”-कार्ल मार...
नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय स्कुलिङ कार्यक्रम (७-११ कात्तिक, २०७९) भर्खरै सम्पन्न भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा स्कुलिङ परम्परामा यो पृथक विशेषतायुक्त र ऐतिहासिक रहेको छ । विज्ञानसम्मत तरिकाले नवीनताको खोज गर्नु यसको मूल विशेषता हो । स्कुलिङ विभागका हामी एकाध सदस्यबाहेक पार्टीका अन्य सबै केन्द्रीय सचिवालय सदस्यहरूको सक्रिय सहभागिता रहेको यो कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कमरेड कञ्चन, प्रवक्ता तथा स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज कमरेड सुदर्शन, कार्यालय सदस्यद्वय क. प्रविर र क. दिपक आ–आफ्नो विषयको प्रस्तोता हुनुहुन्थ्यो । यो स्कुलिङ कार्यक्रमले सत्यको अन्वेषणमा महत्त्वपूर्ण योगदान पुरयाउने विश्वास लिइएको छ । स्कुलिङका सन्दर्भमा एउटा सन्दर्भ बेला-बेलामा चर्चामा आइरहन्छ । एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एकजना ठुला विद्वान्...