२२ मंसिर २०८०, शुक्रबार

Tag: कर्णाली प्रदेश

नेकपा एमाले कर्णाली प्रदेश कमिटी, अध्यक्ष मा गुलाव जंग शाह विजयी

नेकपा एमाले कर्णाली प्रदेश कमिटी, अध्यक्ष मा गुलाव जंग शाह विजयी

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह बिजयी भयका छन । ५८० सदर मत मध्य शाहले ३६९ मत पाई बिजय भयका छन् ।निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत मात्रै पाएका छन् भने अर्का उम्मेदवार प्रकाश राेकायले ४ मत मात्र पायका छन । अन्तिम परिणाम जम्मा खसेको मत ६०४ मध्य सदर मत जम्मा ५८० थिय भने  २४ मत बदर भयका छन्। उपाध्यक्ष पदका उम्मेदवार ,टेकराज पछाईले ३४२,दानसिंह परिवार ५९, र लाल बहादुर महतारा  १७६,मत प्राप्त गरेका छन । सचिवमा ,ध्रुव बहादुर शाही ४०६,रुद्र वहादुर शाही १६९,उपसचिवमा उज्जन बहादुर शाह ५६,तेज कुमार बि क ७७,धिरेन्द्र गिरी ५२,नारायण बहादुर शाह ३४,पद्मामा खड्का १५१,मेनका पछाई ९६,रमेश,कुमार शाही २६६,रविन्द्र राज शर्मा  ३०० र बखत बहादुर भण्डारी ३४ मत प्राप्त गरेका हुन।...
कर्णाली प्रदेश सरकारले खस आर्य , सहिद बेपत्ता परिवारलाई आरक्षण

कर्णाली प्रदेश सरकारले खस आर्य , सहिद बेपत्ता परिवारलाई आरक्षण

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
सुर्खेत ।कर्णाली प्रदेशको निजामती सेवामा खस आर्य र सहिद तथा बेपत्ताका परिवारलाई क्लस्टर छुट्याएर आरक्षण दिने गरी विधेयकमा व्यवस्था गरिएको छ। कर्णाली सरकारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ साउन ३२ गतेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ। बैठकमा सामान्य छलफल भई शुक्रबारदेखि संशोधन प्रस्तावका लागि समय निर्धारण गरिएको छ। उक्त विधेयकमा पदपूर्तिसम्बन्धी विशेष व्यवस्था रहेको छ। खुला प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदमध्ये ४५ प्रतिशत क्लस्टर छुट्याइएको छ। त्यसमध्ये ३३ प्रतिशत महिला र अन्य विभिन्न आठ वटा क्लस्टरका लागि व्यवस्था छ। सङ्घीय निजामती ऐनमा नभएको खस आर्य र सहिद परिवार तथा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि समेत आरक्षण व्यवस्था छ। खस आर्यका लागि ४५ प्रतिशत र सहिद परिवार तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई दुई ...
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रकाे बैंठक सुरु

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रकाे बैंठक सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रके बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्र उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा बैंठक संचालन भयकाे हाे ।नेकपा माओवादी केन्द्रकाे बिशेष आधार क्षेत्र मानिने कर्णालीमा तीन महिने अभियानको तयारी गरियकाे कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्। अध्यक्ष केसीका अनुसार भदौ १६ देखि सुरू गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने योजना अगाडि सारेको छ । घर घरमा माओवादी,जन जनमा माओवादी भन्ने मुलनाराका साथ जनतासंग माओवादी बिशेष रूपान्तरण अभियानको थालनी गरिएको अध्यक्ष केसीले बताइन । पछिल्लो समय खस्कदो संगठन निर्वाचनमा आश्चर्यजनक परिणामलाई ख्याल गर्दै अभियान सुरू गरिएको बताइएको छ । संगठन सुदृढीकरण गर्...
कर्णाली प्रदेशमा भदाै चार गते सार्वजनिक बिदा हुने

कर्णाली प्रदेशमा भदाै चार गते सार्वजनिक बिदा हुने

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
सुर्खेत ।कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवस र साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक बिदा दिइने भएको हो। कर्णाली प्रदेश सरकारले गत वर्षको चैत्र २९ गते नै प्रदेश स्थापना तथा सहिद दिवस र नाग पञ्चमीको दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन्। मन्त्रालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै भदौ ४ गते सोमबार कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी गराएको छ। ...
कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत ।कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री  वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४र३८ प्रशितत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने आर्थिक मामिलामन...
कर्णाली प्रदेशकाे बजेट प्राथमिकता पेश, समृद्धि र सुखारी कर्णाली बनाउने मन्त्री सिंह

कर्णाली प्रदेशकाे बजेट प्राथमिकता पेश, समृद्धि र सुखारी कर्णाली बनाउने मन्त्री सिंह

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
सुर्खेत । कर्णाली प्रदेश  सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बिहीबार बजेट अधिवेशनको दोस्रो बैठकमा बजेटका प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् । कर्णालीको गरिबी र भोकमरीलाई अन्त्य गर्दै ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को दीर्घकालीन लक्ष्य प्राप्ति गर्नेगरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने अर्थमन्त्री सिंहले बताए । ‘आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा गरिने छ’, अर्थमन्त्री सिंहले बजेटका प्राथमिकता पेश गर्दै भने । सिंहले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखी वित्तीय सुशासन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिएर बजेट विनियो...
पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत।पुर्व जनमुक्ति सेना नेपाल कर्णाली प्रदेशको भेलाबाट बीर बहादुर रावत सौगातलाई संयोजक चुनेको छ । सुर्खेतमा भएको पहिलो भेलाबाट पुर्व ब्रिगेड कमाण्डर बिर बहादुर रावत सौगातलाई संयोजक चुनेको हो । कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट सहभागी पुर्व जनुमक्ति सेना नेपालले संगठन निमार्ण गरेको हो । पुर्व जनमुक्ति सेनाहरुको समस्या समाधान, वहिर्गमित पुर्व जनमुक्ति सेनाहरुको समास्या, घाइते अपागंहरुको समस्या सामाधानका लागि संगठन निमार्ण गरेको बताइएको छ । ३५ सदस्यीय समितिमा सह संयोजक लिला महरा कल्पना रहेकी छन । भेलामा पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आन्तरीक मामला मन्त्री कृष्ण जिसी  नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीलगायतका अतिथिहरुको उपस्थीति रहेको थियो । भेलामा बिभिन्न ज...
कर्णाली प्रदेशको अर्थमन्त्रीमा जाजरकोटका वेदराज सिंह

कर्णाली प्रदेशको अर्थमन्त्रीमा जाजरकोटका वेदराज सिंह

Breaking News, अर्थवाणिज्य, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत । कर्णाली प्रदेश सरकारको अर्थमन्त्रीमा जाजरकोट क्षेत्र न १ बाट निर्वाचित संसद तथा नेपाली कांग्रेसका सभापति बेदराज सिंह चयन भयका छन । सिंह जाजरकोटका प्रखर वक्ता र प्रष्ट भिजन भयका युवा नेताकाे रुपमा प्रचित छन। उनले जाजरकोट क्षेत्र न १ बाट प्रदेश सभाकाे चुनावमा माओवादी केन्द्र संग गठबन्धन गरि बिजय भयका थिय । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत ‘क’बाट निर्वाचित सांसद खड्ग बहादुर पोखरेल, जाजरकोट प्रदेशसभा १ बाट निर्वाचित वेदराज सिंह र दैलेख–१‘ख’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरे पछि जाजरकोटका सिंह आर्थिक मामिला तथा अर्थमन्त्री बन्ने पक्का भयका हुन । पोखरेल सामाजिक विकासमन्त्री,  बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन् । कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, २०७८ वैशाखम...
कर्णालीमा कांग्रेस सरकारमा गए वेदराज सिंह मन्त्री बन्ने पक्का

कर्णालीमा कांग्रेस सरकारमा गए वेदराज सिंह मन्त्री बन्ने पक्का

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।कर्णाली  प्रदेशमा सत्तारूढ गठबन्धनले राजकुमार शर्मा नेतृत्वको सरकारमा मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहँदा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह मन्त्री बन्ने पक्का भएको काँग्रेस निकट स्रोतले बताएको हाे । कर्णालीमा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको भएपनि जाजरकोटबाट निर्वाचित सांसद राजिव बिक्रम शाह र बेदराज सिंह मध्य पहिलो चरणमा बेदराज सिंह मन्त्री बन्ने पक्कापक्की भएको जनाइएको छ । कर्णाली सरकार विस्तार गर्ने तयारी गरिरहेका बेला नेपाली काँग्रेशबाट तिन जनाको नाम तय भैरहेको बताइएको छ । स्रोतका अनुसार अन्तिम टुंगो लाग्न भने बाँकी रहेको बताइएको  छ । ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । ...
कर्णाली प्रदेश सरकारमा सहभागी हुन कांग्रेसको तयारी

कर्णाली प्रदेश सरकारमा सहभागी हुन कांग्रेसको तयारी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसलाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताए । यसअघि एमालेसँग रहेका तीन मन्त्रालय कांग्रेसलाई दिने तयारी मुख्यमन्त्री शर्माको भनाई छ । यता, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्वको दाबी गर्दै आइरहेका  छन । ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कांग्रेससँग १४, माओवादीसँग १३, एकीकृत समाजवादीका एक जना सांसद छन् । यस्तै एमालेसँग सभामुखसहित १०, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ न...