१९ मंसिर २०८२, शुक्रबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा सानाेआकारको  मन्त्री मन्डल गठन ।

कर्णाली प्रदेशमा सानाेआकारको मन्त्री मन्डल गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२८ पुस सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँमन्त्रीको मन्त्रालय तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री शर्माले बताए । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।  ...
कर्णाली प्रदेशमा सरकार आलाेपालाे काे सहमति

कर्णाली प्रदेशमा सरकार आलाेपालाे काे सहमति

Breaking News, राजनीति, समाचार
२७ पुस सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेको अडानपछि अन्ततः माओवादी केन्द्रसँग आलाेपालाे गरि सरकार चलाउने सहमति भएको छ। बिहीबार दिउँसो बसेको एमाले(माओवादी दलको बैठकले आधा / आधा कार्याकाल सरकार चलाउने सहमति भएको हो। एमाले एक सांसदले  भने, दुई दलबीचको बैठक भर्खरै सकिएको छ। दुई दलबीच आलाेपालाेमा सरकारको नेतृत्व गर्ने सहमति भएको छ। अब यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए। मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका नेता राजकुमार शर्मा ४ बजे दाबी पेशका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगे , उनले भने। अब यहाँ पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिनेछन्। त्यसपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो। केन्द्रमा भागबन्डा गर्दा कर्णालीको पूरै पाँच वर्ष माओवादीको भागमा परेको थियो।...