२०८३ श्रावण १८, सोमवार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारमा सहभागी हुन कांग्रेसको तयारी

कर्णाली प्रदेश सरकारमा सहभागी हुन कांग्रेसको तयारी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसलाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताए । यसअघि एमालेसँग रहेका तीन मन्त्रालय कांग्रेसलाई दिने तयारी मुख्यमन्त्री शर्माको भनाई छ । यता, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्वको दाबी गर्दै आइरहेका  छन । ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कांग्रेससँग १४, माओवादीसँग १३, एकीकृत समाजवादीका एक जना सांसद छन् । यस्तै एमालेसँग सभामुखसहित १०, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ न...
कर्णाली प्रदेश सरकारले  फाल्गुन १ गते  सार्वजनिक बिदा दिने

कर्णाली प्रदेश सरकारले फाल्गुन १ गते सार्वजनिक बिदा दिने

Breaking News, पुर्वाधार, संस्कृति, समाचार
२४ माघ सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवस मनाउनका लागि १ फागुनमा सार्वजानिक विदा दिने निर्णय पनि गरेकाे छ । बैठकले प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्ज गरी एकै मन्त्रालय बनाएपनि काम भने पुरानै अक्तियारी अनुसार गर्ने निर्णय गरेको छ । कर्णालीका हिमाली तथा पहाडी जिल्लामा निर्माण भइरहेका एकीकृत बस्ती विकास कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि सञ्चालन नियामावली २०७९ स्वीकृत गर्ने निर्णय भएको छ । फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो बुधबार बस्ने निर्णयसमेत गरिएको छ । ...
कर्णाली प्रदेशमा सानाेआकारको  मन्त्री मन्डल गठन ।

कर्णाली प्रदेशमा सानाेआकारको मन्त्री मन्डल गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२८ पुस सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँमन्त्रीको मन्त्रालय तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री शर्माले बताए । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।  ...
कर्णाली प्रदेशमा सरकार आलाेपालाे काे सहमति

कर्णाली प्रदेशमा सरकार आलाेपालाे काे सहमति

Breaking News, राजनीति, समाचार
२७ पुस सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेको अडानपछि अन्ततः माओवादी केन्द्रसँग आलाेपालाे गरि सरकार चलाउने सहमति भएको छ। बिहीबार दिउँसो बसेको एमाले(माओवादी दलको बैठकले आधा / आधा कार्याकाल सरकार चलाउने सहमति भएको हो। एमाले एक सांसदले  भने, दुई दलबीचको बैठक भर्खरै सकिएको छ। दुई दलबीच आलाेपालाेमा सरकारको नेतृत्व गर्ने सहमति भएको छ। अब यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए। मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका नेता राजकुमार शर्मा ४ बजे दाबी पेशका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगे , उनले भने। अब यहाँ पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिनेछन्। त्यसपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो। केन्द्रमा भागबन्डा गर्दा कर्णालीको पूरै पाँच वर्ष माओवादीको भागमा परेको थियो।...