११ श्रावण २०८१, शनिबार

कर्णाली प्रदेशमा सरकार आलाेपालाे काे सहमति

२७ पुस सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेको अडानपछि अन्ततः माओवादी केन्द्रसँग आलाेपालाे गरि सरकार चलाउने सहमति भएको छ। बिहीबार दिउँसो बसेको एमाले(माओवादी दलको बैठकले आधा / आधा कार्याकाल सरकार चलाउने सहमति भएको हो। एमाले एक सांसदले  भने, दुई दलबीचको बैठक भर्खरै सकिएको छ। दुई दलबीच आलाेपालाेमा सरकारको नेतृत्व गर्ने सहमति भएको छ। अब यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए।

मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका नेता राजकुमार शर्मा ४ बजे दाबी पेशका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगे , उनले भने। अब यहाँ पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिनेछन्। त्यसपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो।

केन्द्रमा भागबन्डा गर्दा कर्णालीको पूरै पाँच वर्ष माओवादीको भागमा परेको थियो। त्यसले कर्णाली एमालेभित्र हलचल मच्चिएको थियो।

केन्द्रको निर्णयले पाँच वर्ष सरकार माओवादीले नै चलाउने भएपछि एमालेमा असन्तुष्टि थियो। तर दुई दलबीच बिहीबारको वार्तापछि अब आलाे पालाेमा  नेतृत्व हुने भएको छ।