११ श्रावण २०८१, शनिबार

तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

२७ पुस काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले मङ्गलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता संयोजन समिति गठन भएको सार्वजनिक गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि हामी तीन पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीचमा औपचारिक–अनौपचारिक रूपमा पार्टी एकताका विषयमा छलफल गर्दै आएका थियौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकताको अपरिहार्य ऐतिहासिक आवश्यकतालाई महसुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए पनि कैयौँ विषयहरूमा बृहत् छलफल गरेर टुङ्ग्याउनुपर्ने भएकाले अन्तिम निष्कर्षमा पुग्नका लागि अहिले हामीले ‘पार्टी एकता संयोजन समिति’ बनाएर छलफल अघि बढाउने निर्णय गरेका छौँ ।’

नेपालमा नयाँ जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य पार्टीका साथ पार्टी एकता संयाेजन समिति गठन भईरहेकाे बताईएकाे छ ।

बिज्ञप्ति हेर्नुहाेस