८ आश्विन २०८१, मंगलवार

Breaking News

तनहुँ १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । ...
जहाज उड्ने बेला  मा चरा ठाेकियकाे अनुमान

जहाज उड्ने बेला मा चरा ठाेकियकाे अनुमान

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । फ्लाइ दुबईले आफ्नो बोइङ जहाजमा चरा ठोक्किएको जनाएको छ । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति एक ट्वीट गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने क्रममा चरा ठोक्किएको बताएका हुन् । काठमाडौँ विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको जहाजमा चरा ठोक्किन पुगेको छ’, फ्लाई दुबईले ट्वीटरमा भनेको छ, ‘मानक प्रक्रियापछि उडान दुबईको लागि सामान्य रूपमा जारी रहेको छ ।  स्थानीय समयअनुसार ००ः१४ मा जहाज अवतरण गर्ने तालिका छ।’ सोमबार राति काठमाडौँ विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा एकाएक आगलागी भएको थियो । जहाजमा असामान्य आवाज समेत आएको थियो । जहाजलाई सुरुमा काठमाडौँ विमानस्थलमै अवतरण गराउने भनिएपनि पाइलटले अवस्था समान्य रहेको बताएपछि दुबईतिरै गएको थियो । जहाजमा चरा ठोक्किएको बारे नेपाली अधिकारीले भने केही बताएका छैनन् ।...
फ्लाई दुबई विमान  सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँति

फ्लाई दुबई विमान सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँति

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो। तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’...
काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । सोमबार राति काठमाडौंबाट उडेको केहि समयपछि फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको बताईको छ ।...
उप निर्वाचन चितवन बारा र तनहुँकाे हाल सम्मकाे मत परिणाम

उप निर्वाचन चितवन बारा र तनहुँकाे हाल सम्मकाे मत परिणाम

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्। रास्वपाका सभापति रवि लामिछानेले ६५६८ मत प्राप्त गरि अगाडि छन  । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २९०२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २६८८र राप्रपाका जिवलाल पुरीले ३३ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उता बारा २  उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले २९८२ मत ल्याई अग्रता लिएका छन् ।यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । उपेन्द्र यादवले २७७० मत प्राप्त गरेका छन , एमालेका पुरषाेतम पाैडेलले ९२९ र रास्वपा का रमेश खरेलले ३५२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएकाे हाे । त्यसै गरि तनहुँ क्षेत्र  न १ मा रास्वपाका स्वर्णिम वाग्ले ले २२०८२ , कांग्रेसका गाेविन्द भट्टराई...
राताे मच्छिन्द्र नाथ , रथ जात्रा सुरु

राताे मच्छिन्द्र नाथ , रथ जात्रा सुरु

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरु हुने गरेको छ । रातो मच्छिन्द्रनाथ जात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो ।  याे जात्रा बिशेष गरि नेवारी समुदायको लागि प्रसिद्ध धार्मिक पर्वका रुपमा पनि लिइन्छ । उक्त जात्रा ललितपुर काे पुल्चोक देखि सुरु भई विभिन्न ठाउमा परिक्रम गरि फेरि तेहि ठाउँमा  पुर्‍याउने चलन रहेकाे बाईयकाे छ । जात्रा सुरुवाती फाेटा हरु: ...
तीन कम्युनिस्ट पार्टीले मनाए १५४ओैँ लेनिन जयन्ती र ७५ ओैँ कम्युनिस्ट पार्टी दिवश

तीन कम्युनिस्ट पार्टीले मनाए १५४ओैँ लेनिन जयन्ती र ७५ ओैँ कम्युनिस्ट पार्टी दिवश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेकपा क्रान्तिकारी( माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले संयुक्त रुपमा हिजे शनिबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवस तथा विश्व सर्वहारावर्गका महान नेता लेनिनको १५४ औं जन्मजयन्ती मनाएका हुन  । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा तीनवटै पार्टीका नेताहरुले क्रान्तिकारी कम्युनिस्टहरुबीच पार्टी एकता र क्रान्तिको अपरिहार्यताका बारेमा विशेष चर्चा गरे । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल (गौरव), नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला (कञ्चन) र नेकपा (मशाल)का नेता चिन्तामणि पौडेलले क्रान्तिका लागि छरिएर रहेका क्रान्तिकारीहरुका बीच सुदृढ एकताको आवश्यकतामाथि जोड दियका थिए । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनले गरेको योगदानको चर्चा...
चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । चितवन ,तनहुँ र बारामा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि सुरु भयकाे हाे र साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो । चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष...
देशकाे नेतृत्व अब हामिले गर्छाै र कम्युनिस्ट पार्टीले गर्छ  : विप्लव

देशकाे नेतृत्व अब हामिले गर्छाै र कम्युनिस्ट पार्टीले गर्छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, विचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द  विप्लवले अबको देशको नेतृत्व कम्युनिस्ट पार्टीले गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीकाे ७५ओैँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंकाे खुल्ला मंचमा आयाेजित जनसभालाई सम्बोधन गर्दै विप्लवले देशको नेतृत्व कम्युनिस्टले गर्ने बताएका हुन् । ‘हाम्रा लागि सिंहदरबार मामुली हो । हाम्रा लागि मन्त्री मामुली हो ।’, उनले भने, ‘एक थान मन्त्री र प्रधानमन्त्री ठूलो कुरा होइन । हाम्रो पार्टीमा मन्त्री भएको साथीहरु हुनुहुन्छ । सांसद भएका साथीहरु हुनुहुन्छ । सांसद भएर छलफलमा सहभागी भएका साथीहरु हुनुहुन्छ । सिंहदरबारमा के हुन्छ हामी सबैलाई थाहा छ । यो व्यवस्थाबाट सम्भव केही पनि छैन ।’ उनले यो व्यवस्थामा जनताको वास्तविक मुक्ति सम्भव नभएको भन्दै यसका लागि वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताए । ‘पुस्पलालको एउटा सपना पूरा भएको छ । सबैभन्दा...
मार्क्सले बनायकाे बिचारकाे धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न आवश्यक रहेकाे छ : डा.बाबुराम भट्टराई

मार्क्सले बनायकाे बिचारकाे धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न आवश्यक रहेकाे छ : डा.बाबुराम भट्टराई

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मार्क्सले बनायकाे बिचारकाे धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न आवश्यक रहेकाे बताय । शनिवार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भयकाे उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए । भट्टराइले वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए ।  देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरु...