
जाजरकोटमा चुनाव : पहिले पार्टीको डर अहिले स्वतन्त्र काे
१९ कात्तिक, जाजरकोट । २०६४ सालको चुनावमा जारजकोटको दुवै निर्वाचन क्षेत्र जितेको तत्कालीन नेकपा माओवादी २०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटा क्षेत्रमा मात्र विजयी भयो ।
एउटा मात्र क्षेत्र कायम भएपछि २०७४ को चुनावमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले चुनाव त जिते तर नेकपा एमालेसँगको गठबन्धनबाट ।
अहिले पनि माओवादी केन्द्रबाट शक्ति नै मैदानमा छन्, तर २०७४ को सारथीसँग प्रतिस्पर्धा छ ।
०७४ मा प्रतिनिधिसभा निर्वाचनको शक्ति ३२ हजार २८१ मतका साथ निर्वाचित हुँदा कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए ।
अहिले शक्तिसँग एमालेका निरज आचार्य, राप्रपाका दीपक खनाल, कांग्रेस वीपीका झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका निरज र नरबहाद...