२०८३ श्रावण १७, आइतवार

सुचना संचार

घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त (कमलपोखरी) का अनुसार आइतबार राति ९:२० बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२:४० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
नेकपा बाँके  संगठन बिस्तार र भित्तेलेखन कार्यमा   तिब्रता  दिदै :

नेकपा बाँके संगठन बिस्तार र भित्तेलेखन कार्यमा तिब्रता दिदै :

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
            १४ कार्तिक  वाँके नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टीको नवौ महाधिवेशन सम्पन्न पश्चात संगठन सकृय, संगठन सुदृढीकरण र संगठन विस्तार अभियान व्यापक रूपले अगाडि वधाईरहेको छ । नेपाल कम्युनिस्ट पार्टी वाँकेले दिपावलीलाई पार्टी निर्माण तथा प्रचार प्रसार कार्यलाई अगाडि वधाउने पर्वको रूपमा लागिरहेको छ । भित्तेलेखन तथा पोष्टर पम्पलेट वितरण समाजिक अगुवा तथा जनभेटघाटलाई पनि तिव्रता दिईरहेको छ । प्रचार प्रसारकै क्रममा अखिल क्रान्तिकारी वाँकेका अध्यक्ष डिल्ली सी र पार्टी जिल्ला कमिति सदस्य धर्मराज सीलाई प्रहरीले गिरफ्टार गरि झण्दै ८घण्टा पछी मात्र रिहाई गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीको वाँके जिल्ला कमितिको वैठक जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षता र पुलितव्यूरो सदस्य आदर्श सीको प्रमुख आथित्यतामा वस्यो । वैठकले नेकपाको केन्द्रीय कमितिद्वारा पारित गरेको १० बुँदे समसामयिक प्रस्तावहरु : ...
निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
  १४ कार्तिक काठमाडौं ।  निर्वाचन आयोगले १८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचनमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले एक सातापछि मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । ‘मतदाता शिक्षाका लागि सामग्री जिल्ला–जिल्लामा पुगिसकेका छन् । १८ कात्तिकबाट प्रारम्भ हुन्छ,’ उनले भने । उनका अनुसार आयोगले मतदाता शिक्षा कार्यक्रमलाई एक करोड ८० लाख मतदातासमक्ष पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्नेछ । एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछ । ‘दुई प्रकारको ब्रोसरबाट मतदातालाई मतदान प्रक्रिया, प्रलोभनमा नपर्ने कुराह...
स्वतन्त्र भयो कि  पिंजडामा कैद छ ? ट्विटरकाे निलाे चरा !

स्वतन्त्र भयो कि पिंजडामा कैद छ ? ट्विटरकाे निलाे चरा !

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, सुचना संचार
                 विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरको निलो चरालाई ४४ अर्ब डलरमा खरिद गरेका छन् । उक्त चरालाई स्वतन्त्रता प्रदान गर्नका लागि आफूले खरिद गरेको मस्कको जिकिर छ । तर अहम् प्रश्न यो छ कि मस्कको स्वामित्वमा आएपछि ट्वीटर वास्तवमा स्वतन्त्र भयो कि एकजना व्यक्तिको पिंजडामा कैद भयो ? अर्को सवाल चाहिँ के एलन मस्कले ट्वीटरका माध्यमबाट संसारलाई बदल्न सक्लान् ? ट्वीटर सम्झौताको पूरा कहानी यी प्रश्नहरुको जवाफ जान्नका लागि सबैभन्दा पहिले एलन मस्कको ट्वीटर खरिद सम्झौतालाई विस्तृत रुपमा जान्नु आवश्यक हुन्छ । यसको सुरुवात गत अप्रिल महिनामा भएको थियो जब मस्कले पहिलो पटक ट्वीटर खरिद गर्न चाहेको घोषणा गरे। त्यसका लागि उनले ट्वीटरका अन्य शेयर होल्डरहरुलाई एक अफर दिएका थिए । र, त्यो अफर निकै सरल थियो । एलन मस्कको चाहना चाहीँ ट्वीटरका सबै शेयर सदस्यहरुले उनीहरुसँग भएको कम्पनीको ...
कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ?

कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ?

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार, सुचना संचार
१३ कार्तिक    काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा हुने यस प्रकारको मतपत्र रहन्छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने छ। निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसै अनुसार तय भएको हो। समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएका मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन्। त्यस्तै नेपाल आमा पार्टी,...
गोरखा पुगेर  प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

गोरखा पुगेर प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक ढंगले यहाँ आउँदा रिल्याक्स फिल गरेको छु । प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताए । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गरे । सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्ड...
टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, शिक्षा, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ । यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ । यस्तो पाकिस्तानका लागि शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्न बाँकी खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । अर्धशतकमा १ रनले चुके रिजनवान पाकिस्तानको दुई मुख्य ब्याटर कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजनवान सुरुका दुई खेलमा चाँडै आउट भएका थिए । जसले ग...
नेकपा एकीकृत समाजवादीले भोलि घोषणापत्र ल्याउने

नेकपा एकीकृत समाजवादीले भोलि घोषणापत्र ल्याउने

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार भोलि दिउँसो तीन बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक हुन लागेको हो । एकीकृत समाजवादीले उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो । समाजवादीले घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ ।...
महिला फुटबल   टोलीकी कप्तान एञ्जिला आई लिगको टोलीमा अनुबन्धित

महिला फुटबल टोलीकी कप्तान एञ्जिला आई लिगको टोलीमा अनुबन्धित

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौं ।   राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा एपीएफ क्लबकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा भारतीय आई लिग टोली सेथु एफसीमा अनुबन्ध भएकी छिन्। सेथुमा आबद्ध भएपछि एञ्जिलाले भनिन्, ‘क्लबमा आबद्ध हुन पाउादा खुसी लागेको छ। पहिलाबाट नै आईलिग खेल्ने सपना थियो, यो पटक त्यो अवसर पाएको छु। आईलिगमा राम्रो खेलेर अर्को पटकको लागि पनि फेरी स्थान बनाउने गरी आफूलाई अब्बल साबित गर्न मेहनत गर्नेछु।’ राष्ट्रिय महिला लिगको दोस्रो चरण सुरु नभएर डिसेम्बरमा भारत जाने तयारीमा छिन्।आईलिग टोली सेथुमा अनुबन्ध हुने एञ्जिला तेस्रो महिला खेलाडी हुन्। यसअघि सेथुबाट राष्ट्रिय टोलीकी फरवर्ड साबित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले खेलिसकेका छन्। साबित्राले भने पछिल्लो केही सिजन यता लिग च्याम्पियन गोकुलम केरला एफसीबाट व्यावसायिक लिग खेलिरहेकी छिन्। आईलिग खेल्ने तीनै खेलाडी एपीएफ फुटबल क्लब...
एम्सको सदस्यता नेपालगन्ज म्याराथनलाई

एम्सको सदस्यता नेपालगन्ज म्याराथनलाई

खेल, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेपालगञ्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को सदस्यता प्राप्त गरेको छ । विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालगञ्ज म्याराथनले सदस्यता पाएको म्याराथन आयोजकले विज्ञप्तिमार्फत जनाएको छ । गत महिना मात्र एम्सबाट नेपालगञ्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगञ्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दूरीको अलगअलग प्रमाणपत्र रहेको पनि आयोजकले जनाएको छ । सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगञ्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगञ्ज म्याराथन पूर्ण सफलताको कामना गरेका छन् । ‘म तपाईं र तपाईंको टिमलाई तपाईको रेशको पुर्ण सफलताको कामना गर्दछु’, पाका बोराओले नेपालगञ्ज म्यारथनका अध्...