२४ जेष्ठ २०८२, शनिबार

सुचना संचार

पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा   राष्ट्रपतिद्वारा  उद्घाटन

पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा राष्ट्रपतिद्वारा उद्घाटन

Breaking News, समाचार, सुचना संचार
८ पुस, सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाकाे उद्घाटन गरेकी गरेकी छिन् । साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन्। कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् ।महासंघको साधारण सभा दुई दिन चल्नेछ।...
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे साधारण सभा

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे साधारण सभा

Breaking News, समाचार, सुचना संचार
जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे ११ अौं साधारणसभाकाे  उदघाटन  आज महासंघकाे  शाखा  कार्यलय भेरि नगरपालिका ३ नयाँ बस्ति संचारग्राममा संंचालन भईरहेकाे छ । सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य भिम बहादुर सिंह , कर्णाली प्रदेश सभा  सदस्य वेदराज सिंह ,प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने ,   जिल्ला समन्वय समिति जाजरकोट का प्रमुख काली बहादुर खत्रि, प्रहरी प्रमुख सन्ताेश निराैला ,शसस्त्र प्रहरी बल जाजरकोट का प्रमुख  र जाजरकोटमा क्रियाशील पार्टी का प्रमुख लगायत सराेकारवालाहरुकाे सहभागीतामा कार्यक्रम सुरु भईरहेकाे छ । कार्यक्रम काे अध्यक्षता पत्रकार महासंघका जिल्ला  अध्यक्ष बालकुमार शर्मा ले गर्नु भयकाे छ भने , संचालन सचिव भरत शर्माले गर्नु भयकाे छ । साधारणसभामा आगामी पाैष ८/९ सुर्खेत मा हुने केन्द्रीय साधारण सभाका लागि  महत्त्वपुर्ण निर्णय हुनुका साथै जाजरकोटमा भईरहेका विशेष  सा...
कोरियन भाषा परीक्षाको उत्पादनमूलक समूहमा ८,७८५ जना उत्तीर्ण

कोरियन भाषा परीक्षाको उत्पादनमूलक समूहमा ८,७८५ जना उत्तीर्ण

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
२ मंसिर, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । २० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए । ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने जानकारी दिएको छ । राहदानीको म्याद कम्तिमा पनि एक वर्षको हुनु पर्ने र ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सोको प्रमाण एवम् सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ । सुचना हेर्नुहाेस : ...
भारतमा एउटा कार्यक्रममा , नेपालको राष्ट्रगान बजेको भिडिओ भाइरल, राहुल गान्धी बने ट्रोलको सिकार

भारतमा एउटा कार्यक्रममा , नेपालको राष्ट्रगान बजेको भिडिओ भाइरल, राहुल गान्धी बने ट्रोलको सिकार

Breaking News, अन्तर्राष्ट्रिय, मनाेरन्जन, राष्ट्रिय, समाचार, सुचना संचार
भारतीय कांग्रेसको ‘भारत जोडो यात्रा’मा त्यहाँको राष्ट्रिय गानको सट्टा गलत गीत (नेपालको राष्ट्रगान) बजाएको भन्दै राहुल गान्धीलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना महाराष्ट्रको वाशिमको हो। राहुलले बुधबार त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गरेका थिए। यस क्रममा राहुलले भने– अब राष्ट्रिय गान बजाइन्छ तर नेपालको राष्ट्रिय गान बजाइयो। त्यसमा उनले तुरुन्तै रोकेर राष्ट्रिय गान सुरु गर्न भने। भाजपा नेताहरुले यो भिडिओ सेयर गरेर प्रश्न उठाइरहेका छन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। महाराष्ट्रका बीजेपी नेता नितेश राणेले ट्विट गरेका छन्, ‘राहुलको कमेडी सर्कस। यस्तै तमिलनाडु भाजपा नेता अमरप्रसाद रेड्डीले पनि यो भिडिओ सेयर गरेका छन्। उनले सोधेका छन् – राहुल गान्धी, यो के हो? घटना यस्तो भिडिओमा राहुल गान्धी र कांग्रेसका केही नेताहरू मञ्चमा उभिएको देख...
विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, सुचना संचार, स्वास्थ
बितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा सोमबार सार्वजनिक वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा  उल्लेख गरिएको छ। सन् २०२० मा १ प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको  देखाएको थियो। विश्व जनसङ्ख्याबितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात् सन् २०...
नेपाल टेलिकमको चुनावी अफर : २९४ रुपैयाँमा २० जीबी डाटा

नेपाल टेलिकमको चुनावी अफर : २९४ रुपैयाँमा २० जीबी डाटा

Breaking News, चुनाव, सुचना संचार
२७ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ । यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।यो अफर कात्तिक २७ देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपल...
डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
२३ कात्तिक, धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ ।  उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको  अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।•...
चन्द्र ग्रहण सकियाे

चन्द्र ग्रहण सकियाे

Breaking News, अन्तर्राष्ट्रिय, माैसम, संस्कृति, समाचार, सुचना संचार
     काठमाडौँ — मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ । ग्रहण लागेर नै चन्द्रोदय भएको थियो । सूर्य पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा ग्रहण लाग्छ । चन्द्र ग्रहणका बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ । ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको थियो । चन्द्रमा अक्सर पृथ्वीको कक्षभन्दा केही तल वा माथि हुँदै परिक्रमा गर्छ । तर, कोणीय अन्तरका कारण सिधै छायाँ नपर्ने भएकाले ग्रहण हरेक पूर्णिमामा देखिँदैन । चन्द्र ग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी हुने र सूर्यबाट चन्द्रमामा जाने प्रकाश पृथ्वीले ढाकिदिँदा पृथ्वीको छाया चन्द्रमामा पुग्छ । चन्द्रग्रहणका बेला पृथ्वी सूर्य र चन्द्रमाको बीचमा हुन्छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी र सूर्यको बीचतिर हुँदा औंसीको समय हुन्छ भने पृथ्वीबीचमा हुँदा चाहिँ पूर्णिमाको समय ...
विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार, सुचना संचार
             २२ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ । ब्राजिलको टोली गोलकिपर :  एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो) डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिट...