११ श्रावण २०८१, शनिबार

वैज्ञानिक समाजवाद अपरिहार्यता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल -काेरिया लेखक पत्रकार मन्चकाे आयाेजनाका मंगलबार  काठमाडौंको वागबजार स्थित हाेटेल हार्दिककाे सभाहलमा वैज्ञानिक समाजवादकाे अपरिहार्यता विषयक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयकाे् हाे ।

 कार्यक्रममा नेकपा बहुमत का केन्द्रीय सचिवालय सदस्य तथा अखिलक्रान्तिकारीका पुर्व अध्यक्ष पुर्ण बहादुर सिंह ( समरजंग )द्वारा लिखित बैज्ञानिक समाजवादका आधार हरु नामक  बिचारमुलक  पुस्तक बिमाेचन भयकाे थियाे भने मन्चका सदस्य मुक्ति गैरेलाई सम्मान सहित प्रमाणपत्र हस्तान्तरण  गरियकाे थियाे ।

का्र्यक्रममा अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टी बहुमत का संयाेजक धर्मेन्द्र बास्तोला (कन्चन) ,नेकपा क्रान्तिकारी माओवादीका स्थायि कमिटि सदस्य  सिपि गजुरेल (गाैरव) , नेकपा बहुमत का प्रबक्ता हेमन्त प्रकाश ओली , (सुदर्शन) , वामपंथि नेता श्याम श्रेष्ठ , राजनैनिक बिश्लेषक पा. डा सुरेन्द्र केसी , नेकपा बहुमत का केन्द्रीय कार्यलय सदस्य गुणराज लाेहनि लगायत विभिन्न संघ संगठनका प्रतिनिधिहरु तथा  प्रमुख र पत्रकार हरुकाे सहभागीतामा कार्यक्रम सम्पन्न भयकाे हाे ।

कार्यक्रममा बाेल्दै सबै वक्ताहरूले  आजकाे अस्तव्यस्त पुजीवादी संसदीय व्यवस्था का बिकल्पमा बैज्ञानिक समाजवाद अपरिहार्यता  काे बिषय भयकाेले यसकाे बिषयमा सबैले हरेक ठाउबाट सचेत र विवेक पुर्ण तरिकाले लागि पर्नु पर्ने र बताए ।अन्तरक्रिया कार्यक्रमकाे सभापतित्व आयाेजक मन्चका अध्यक्ष अशाेक प्रसाद सुवेदीले गरेका थिए स्वागत मन्तब्य रुपा बुढाले गरेकि थिईन भने संचालन अम्बिका चन्दले गरेकि थिईन ।