१० फाल्गुन २०८१, शनिबार

सुचना संचार

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । माओवादी घटकका दुई कम्युनिस्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले शुक्रबार काठमाडौंकाे अनामनगरमा रहेकाे कृष्ण सेन इच्छुक प्रतिष्ठानको सभा हलमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरि दुई पार्टीका बीचमा एकता गर्ने निर्णय गरेका छन । पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेको र निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम र वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले बताए । उनले, ‘आजको ...
पिताकाे ठेगान नभएका बच्चाको जन्मदर्तामा मावलीकै थर कायम गर्न गृहको पत्र

पिताकाे ठेगान नभएका बच्चाको जन्मदर्तामा मावलीकै थर कायम गर्न गृहको पत्र

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं ।गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा प्रष्ट्याएको छ। बुधबार ६ हजार ७ सय ४३ वटै वडा कार्यालयलाई पत्र लेख्दै विभागले यस सम्बन्धमा प्रष्ट पारेको हो। यस विषयमा थप प्रष्ट पार्न भन्दै स्थानीय तहहरूले अनुरोध गरेपछि विभागले सबै वडामा परिपत्र गरेको हो। विवाहअघि जन्म भएको तर बुवाको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राख्न भनिएको छ। यस्तै आमाको हालको स्थायी ठेगानामा जन्‍म दर्ता गर्न अनुरोध गरेको छ। यस्तै एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन भनेको छ। यसरी जन्मदर्तापछि बुवाको ठेगाना पत्ता लागेको अवस्थामा सो ...
वैज्ञानिक समाजवाद अपरिहार्यता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वैज्ञानिक समाजवाद अपरिहार्यता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । नेपाल -काेरिया लेखक पत्रकार मन्चकाे आयाेजनाका मंगलबार  काठमाडौंको वागबजार स्थित हाेटेल हार्दिककाे सभाहलमा वैज्ञानिक समाजवादकाे अपरिहार्यता विषयक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयकाे् हाे ।  कार्यक्रममा नेकपा बहुमत का केन्द्रीय सचिवालय सदस्य तथा अखिलक्रान्तिकारीका पुर्व अध्यक्ष पुर्ण बहादुर सिंह ( समरजंग )द्वारा लिखित बैज्ञानिक समाजवादका आधार हरु नामक  बिचारमुलक  पुस्तक बिमाेचन भयकाे थियाे भने मन्चका सदस्य मुक्ति गैरेलाई सम्मान सहित प्रमाणपत्र हस्तान्तरण  गरियकाे थियाे । का्र्यक्रममा अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टी बहुमत का संयाेजक धर्मेन्द्र बास्तोला (कन्चन) ,नेकपा क्रान्तिकारी माओवादीका स्थायि कमिटि सदस्य  सिपि गजुरेल (गाैरव) , नेकपा बहुमत का प्रबक्ता हेमन्त प्रकाश ओली , (सुदर्शन) , वामपंथि नेता श्याम श्रेष्ठ , राजनैनिक बिश्लेषक पा. डा सुरेन्द्र केसी , नेकपा बहुमत ...
जाजरकोटमा :१७ महिनाकाे बालक छाेडेर एक महिला फरार

जाजरकोटमा :१७ महिनाकाे बालक छाेडेर एक महिला फरार

Breaking News, संस्कृति, समाचार, सुचना संचार
  ७ फाल्गुन जाजरकोट । जाजरकोट कुशे गाउपालिका वडा न . ७ धनराशि गाँउ कि एक महिलाले १७ महिनाकाे नावालक छाेरा र ४ बर्षकि छाेरीलाई  छाेडेर शनिबार आफू फरार भयकि छिन । बारेकाेट गाउपालिका वडा न २  लिम्सा माईति घरमा बस्तै आयकि। २४ बर्षिया बिमला शाहि सिंहले साेहि पालिका वडा न ८ बस्ने काली बहादुर बाेहराले आफ्नी श्रीमती भगायर लगेकाे  पति राम कृष्ण सिंहले  ले बतायका छन । १७ महिनाकाे छाेरालाई साथमा लियर खाेजिकार्य र न्यायका  लागि पिडित सिंहले  सबैलाई आह्वान समेत गरेका छन अहिले सम्मा उनिहरु कहाँ  छन ? पत्ता नलागेको  ले सामाजिक संजाल फार्फत सबैलाई खाेजि कार्यकाे लागि अनुरोध गरेका छन । ४ बर्षकाे छाेरि पनि रहेकाे र उनिहरु रात भरि नसुति आमालाई खाेजिरहेकाे बुवा सिंहले बताय । सिंह नेकपा बिप्लव निकट अखिल क्रान्तिकारी का पुर्व सचिव र कुशे गाउँ समितिका सेक्रेटरी हुन । हाल कुनै पार्टीमा नभई स्वतन्त्र रुपम...
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा १५ बुँदे घाेषणा पत्र जारी गर्दै  सम्पन्न

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा १५ बुँदे घाेषणा पत्र जारी गर्दै सम्पन्न

राष्ट्रिय, समाचार, सुचना संचार
सुर्खेत। कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा  पुस ८-९ गते भएको साधारणसभाले १५ बुँदे घोषणा जारी गरेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७९ पुस ८–९ गते सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै यो घोषणा जारी गर्दछ । १. नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुको हकहितको पक्षमा दृढतापूर्वक उभिंदै मुलुकमा लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका लागि पैरवी गर्दै आएको छ । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याएका छैनन् । यसप्रति नेपाल पत्रकार महासंघको यो केन्द्रीय साधारणसभा गम्भीर च...
पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा   राष्ट्रपतिद्वारा  उद्घाटन

पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा राष्ट्रपतिद्वारा उद्घाटन

Breaking News, समाचार, सुचना संचार
८ पुस, सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाकाे उद्घाटन गरेकी गरेकी छिन् । साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन्। कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् ।महासंघको साधारण सभा दुई दिन चल्नेछ।...
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे साधारण सभा

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे साधारण सभा

Breaking News, समाचार, सुचना संचार
जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे ११ अौं साधारणसभाकाे  उदघाटन  आज महासंघकाे  शाखा  कार्यलय भेरि नगरपालिका ३ नयाँ बस्ति संचारग्राममा संंचालन भईरहेकाे छ । सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य भिम बहादुर सिंह , कर्णाली प्रदेश सभा  सदस्य वेदराज सिंह ,प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने ,   जिल्ला समन्वय समिति जाजरकोट का प्रमुख काली बहादुर खत्रि, प्रहरी प्रमुख सन्ताेश निराैला ,शसस्त्र प्रहरी बल जाजरकोट का प्रमुख  र जाजरकोटमा क्रियाशील पार्टी का प्रमुख लगायत सराेकारवालाहरुकाे सहभागीतामा कार्यक्रम सुरु भईरहेकाे छ । कार्यक्रम काे अध्यक्षता पत्रकार महासंघका जिल्ला  अध्यक्ष बालकुमार शर्मा ले गर्नु भयकाे छ भने , संचालन सचिव भरत शर्माले गर्नु भयकाे छ । साधारणसभामा आगामी पाैष ८/९ सुर्खेत मा हुने केन्द्रीय साधारण सभाका लागि  महत्त्वपुर्ण निर्णय हुनुका साथै जाजरकोटमा भईरहेका विशेष  सा...
कोरियन भाषा परीक्षाको उत्पादनमूलक समूहमा ८,७८५ जना उत्तीर्ण

कोरियन भाषा परीक्षाको उत्पादनमूलक समूहमा ८,७८५ जना उत्तीर्ण

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
२ मंसिर, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । २० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए । ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने जानकारी दिएको छ । राहदानीको म्याद कम्तिमा पनि एक वर्षको हुनु पर्ने र ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सोको प्रमाण एवम् सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ । सुचना हेर्नुहाेस : ...