संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन
कास्की :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको संसदीय चुनाव अवज्ञा/बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनले यो व्यवस्थामा हुने चुनावले भ्रस्टाचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई अवज्ञा गर्न अपील गरेका हुन् ।
यो दलाल संसदीय व्यवस्थाको विशेषता नै हो । त्यसैले हामीले यो चुनाव अवज्ञा गर्ने नीति लिएका छौँ । हामीले देशमा राजनीतिक स्थिरता, समृद्धि, सामाजिक रुपान्तरण, शान्ति र स्वाधिनताका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्दै नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न संघर...