२३ भाद्र २०८१, आईतवार

युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

८ कात्तिक, काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् ।

जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको छ । तर, रुस–युक्रेन युद्ध नरोकिएपछि लिबरल डेमोक््रयाटहरुले रणनीति बदल्नुपर्नेमा जोड दिएका हुन् ।

२५ जना भन्दा बढी सांसदले राष्ट्रपति जो बाइडेनलाई युक्रेनप्रतिको रणनीति परिवर्तन गर्न आग्रह गरेका छन् । साथै रुससँग प्रत्यक्ष कुटनीतिक पहल गर्न पनि भनेका छन् । डेमोक्र्याट सांसदहरुले सोमबार जो बाइडेनलाई पठाएको पत्रमा युक्रेनलाई समर्थन गर्ने नीतिको प्रशंसा गरेका छन् ।

रुसले युक्रेनलाई अपमानजनक र गैरकानूनी आक्रमण गरेर आफूमा विलय गर्न खोजेकोमा कुनै भ्रम नरहेको भन्दै सांसदहरुले लेखेका छन्, ‘यदि स्वतन्त्र युक्रेनलाई बचाएर युद्ध अन्त्य गर्ने उपाय छ भने युक्रेनका जनतालाई स्वीकार्य हुने त्यस्तो समाधानलाई समर्थन गर्न हरेक कूटनीतिक माध्यम अपनाउने जिम्मेवारी अमेरिकाको हो ।

अब लामो युद्ध रोक्नका लागि अमेरिकाले कुटनीतिक रुपमा पहल गर्नुपर्ने सुझाएका छन् । ‘कुटनीतिक माध्यमबाट लामो रुस युक्रेन युद्ध रोक्न थप बलियो प्रयास आवश्यक छ’, राष्ट्रपति जो बाइडेनलाई बुझाइएको पत्रमा उल्लेख छ ।

यी दुई देशबीचको युद्धले विनाशको जोखिम मात्रै बढाएकोले यसबाट बच्नु युक्रेन र संयुक्त राज्य अमेरिकासहित विश्वको हितमा रहेको पनि पत्रमा भनिएको छ । कांग्रेसको प्रोग्रेसिभ ककसकी अध्यक्ष प्रमिला जयपालको नेतृत्वमा अमेरिकी राष्ट्रपति बाइडेनलाई बुझाइएको पत्रमा अमेरिकाले युक्रेनलाई प्रदान गर्दै आएको सैन्य र आर्थिक सहयोगलाई निरन्तरता नदिन पनि सुझाव दिइएको छ ।

रुसले युक्रेनलाई अपमानजनक र गैरकानूनी आक्रमण गरेर आफूमा विलय गर्न खोजेकोमा कुनै भ्रम नरहेको भन्दै सांसदहरुले लेखेका छन्, ‘यदि स्वतन्त्र युक्रेनलाई बचाएर युद्ध अन्त्य गर्ने उपाय छ भने, युक्रेनका जनतालाई स्वीकार्य हुने त्यस्तो समाधानलाई समर्थन गर्न हरेक कूटनीतिक माध्यमबाट पछ्याउने जिम्मेवारी अमेरिकाको हो ।’