२५ जेष्ठ २०८२, आईतवार

सुचना संचार

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

Breaking News, मनाेरन्जन, माैसम, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
  नवलपुर :देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा नेकपा (बहुमत) नवलपुरका नेता कार्यकर्ताहरू एक बिघा खेतमा रोपेको धान बाली काटेर श्रमदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दना, संयोजक बिशालको विशेष उपस्थितिमा युवा, विद्यार्थी र जिल्लाका सबै नेताकार्यकर्ताहरू धान काटेर श्रमदान गरेका छन् । उत्पादनको नीतिअनुसार नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको थियो । नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान काटेर श्रमदान गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए । ...
नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित

नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले सर्वसम्मत पुनः महासचिवमा विप्लवलाई निर्वाचित गरेको छ । महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने छन् । यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने छन् । यस्तै महाधिवेशनले १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ । प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छन् । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ । पूर्ण केन्द्रीय समिति, वैकल्...
चिनियाँ राजदूत यान्छीले राष्ट्रपतिसँग गरिन् बिदाइ भेट

चिनियाँ राजदूत यान्छीले राष्ट्रपतिसँग गरिन् बिदाइ भेट

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्। राष्ट्रपति भवनमा भएको शिष्टाचार बिदाइ भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। होउ सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन्। चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किन लागेकी उनले नेपालमा उच्चस्तरीय भेटघाट गरिरहेकी छन्।...
निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु, तपाईं नि? : केपि शर्मा ओली

निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु, तपाईं नि? : केपि शर्मा ओली

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेन्डामा आधारित लाइभ डिबेटका लागि आफू तयार रहेको बताएका छन्। अमेरिकासहितका पश्चिमा राष्ट्रहरुमा हुँदै आएको 'लाइभ टेलिभिजन लाइभ' का लागि आफू पनि तयार रहेको ओलीले बताएका हुन्। उनलले सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले यसका लागि आग्रह गरेको भन्दै आफू तयार रहेको उल्लेख गरेका हुन्। सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाइभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ', उनले भनेका छन्, 'धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ।' उनले निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको  बताएका छन्। 'म त यसका लागि तयार छु, देउवाजी नि?', उनले प्रश्न गर्दै भनेका छन्।  ...
नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

Breaking News, खेल, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् । चार सय मिटर पुरुष दौडमा सन् १९९० को बेइजिङ एसियन गेम्समा आशाराम चौधरीले ४८.३२ सेकेण्डको इलेक्ट्रिक टाइमिङ कीर्तिमान बनाएका थिए । आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । आफ्नो बेस्ट टाइमिङसहित स्वर्ण जितेपछि सोम कुमालले एकदमै खुशी लागेको बताए । ’राम्रो प्रदर्शन भयो । म अरुलाई भन...
अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु एक घाइते :

अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु एक घाइते :

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कात्तिक, दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ । सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो । कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताए । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।...
बाम शक्तिलाई एकताबद्ध गरेर लिनु पर्छ : माधवकुमार नेपाल

बाम शक्तिलाई एकताबद्ध गरेर लिनु पर्छ : माधवकुमार नेपाल

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
  प्रस्तुत छ; सत्ता गठबन्धन, चुनाव र चुनावपछि हुने सत्ता गठबन्धनबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश चुनावको तयारी कस्तो छ ? चुनावको तयारी अगाडि बढिरहेको छ । गठबन्धन दलहरूबीचमा कतिपय विषयमा छलफल चलिरहेको छ । आइतबार मात्रै हामीले चुनावको सम्बन्धमा हाम्रो मान्यता के हो ? हाम्रो प्रतिबद्धता के हो ? हामी कुन सोचका साथ अघि बढ्न चाहन्छौं ? विकास निर्माणको कामलाई कसरी गति दिन्छौं ? भनेर तीन दलको तर्फबाट साझा प्रतिबद्धता जारी गरेका छौं । हामीले गठबन्धनका साझा उम्मेदवार तय गरेका छौं । कतिपय ठाउँमा विद्रोहीहरू खडा भएका छन् भने कतिपय ठाउँमा एकभन्दा बढी उम्मेदवार भएका छन् । काठमाडौं १० (ख) मा रमा आलेलाई दिने भनेर टुंगो भएको हो, फेरि अर्का उम्मेदवार खडा भएका छन् । थुप्रै ठाउँमा मिलाउनुपर्ने छ । तर उम्मेदव...
बागि उम्मेदवारी दिने नेता कार्यक्रतालाई कार्वाही गर्ने ।माओवादी केन्द्र

बागि उम्मेदवारी दिने नेता कार्यक्रतालाई कार्वाही गर्ने ।माओवादी केन्द्र

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादीले निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने पनि जनाएको छ ।...
पर्सा प्रशासन का कर्मचारी ५ हजार घुस सहित पक्राउ ।

पर्सा प्रशासन का कर्मचारी ५ हजार घुस सहित पक्राउ ।

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। मुद्दा फाँटमा कार्यरत यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग ५ हजार रूपैयाँ घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका हुन्। घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।...
तीन प्रदेशमा समानुपातिक मतपत्र ढुवानी सम्पन्न :

तीन प्रदेशमा समानुपातिक मतपत्र ढुवानी सम्पन्न :

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौँ, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएको छ   प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्...