११ श्रावण २०८१, शनिबार

नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका सुपर१२ मा प्रवेश

नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डोडले अविजित ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। नेदरल्याण्ड्सलाई रोक्ने क्रममा श्रीलंकाका वानिन्दु हसरंगा डि सिल्भाले ३ विकेट लिए।

यसअघि ब्याटिङ गरेको श्रीलंकाले कुशल मेन्डिसको ७९ रनको सहयोगमा निर्धारित ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो।

नेदरल्याण्ड्सले यसअघिका दुई खेलमा जित हात पारेको भए पनि बिहीबारको हारसँगै अंकतालिकामा श्रीलंकाभन्दा पछि परेको हो।यससँगै अब उसको सुपर १२ मा पुग्ने सम्भावना नामिबिया र यूएईको खेलमा निर्भर रहनेछ। यो खेलमा यूएईले जित हात पारेको अवस्थामा समूह एको उपविजेताको हैसियतमा नेदरल्याण्ड्स सुपर १२ मा पुग्नेछ।