२० जेष्ठ २०८३, बुधबार

समाचार

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

समाचार
काठमाडौं । सुनसरी कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीय मनोज कुमार चौधरी र सोही उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय सनम तामाङ रहेका छन् ।   लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मनोज कुमारलाई २७ ग्राम २ सय ७० मिलिग्राम र सनमलाई २६ ग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण

समाचार
काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।   २०७२ सालको भूकम्पपछि विद्यालय भवन जीर्ण बनेपछि सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीका संचालक चिरन राईको विशेष पहलमा पुनर्निर्माण कार्य अगाडि बढाइएको थियो । बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।   बुधबार आयोजित एक विशेष समारोहमा सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चिरन राईले संयुक्त रूपमा विद्यालयलाई भवन हस्तान्तरण गरे ।   कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाललगायत स्थानीय जनप्रतिनिधिहरूको उ...
पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि

पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि

समाचार
काठमाडौं ।  काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ ।   त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको हो ।   रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ । ...
कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

समाचार
काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।   सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो ।   कुलमानले आफ्नो बर्खास्ती कानून विपरीत रहेको दावी गर्दै मुद्वा दायर गरेका हुन् भने हितेन्द्रदेवले कुलमानको सुरु नियुक्ति नै गलत रहेको दावी गर्दै रिट दायर गरेका हुन् । ...
तीनकुने घटनामा मृतकका परिवारलाई सरकारले १० लाख राहत दिने

तीनकुने घटनामा मृतकका परिवारलाई सरकारले १० लाख राहत दिने

समाचार
काठमाडौं ।  काठमाडौंको तीनकुनेको घटनामा दुई जना मृतकको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ।   बुधबार पत्रकार सुरेश रजक र सबिन महर्जनको परिवारलाई १० लाख दिने निर्णय गरेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।   दुर्गा प्रसाईंको आह्वानमा काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।   ...
जाजरकोट खलंगामा ५० हजार प्रथम पुरस्कार रासी रहेकाे अन्डर-१९ भलिबल प्रतियोगिता हुदैछ

जाजरकोट खलंगामा ५० हजार प्रथम पुरस्कार रासी रहेकाे अन्डर-१९ भलिबल प्रतियोगिता हुदैछ

Breaking News, खेल, राष्ट्रिय, समाचार
जाजरकोट :खलंगामा अन्डर-१९ भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । सहिद स्मृति यूवा क्लव भेरि १ जाजरकोटकाे आयोजनामा सहिद "विदुर स्मृति दोस्रो अन्डर—१९ भलिवल कप" सञ्चालन हुने भएको हो । चैत्र २४ देखि २७ गते सम्म सञ्चालन हुने कपमा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रहेको आयोजक सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सञ्चालन हुने कपमा जिल्ला भित्रका १९ बर्षमुनिका खेलाडी सहभागी हुन पाउनेछन् । दर्ताशुल्क ४ हजार रहेको छ । यस्तै, खेलमा सर्वाेकृष्ट खेलाडी, वेष्ट स्पाईकर, वेष्ट सेटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, इर्मिजिङ प्लेयर, वेष्ट प्रशिक्षक समेत छनौट गरिने अध्यक्ष विकले बताए । क्रमश, ३ हजार, २ हजार, २ हजार, २ हजार, २ हजार,२ हजार र १५ सय पुरस्कार...
तीनकुने घटनामा संलग्न थप २४ जना राजावादीहरू पक्राउ

तीनकुने घटनामा संलग्न थप २४ जना राजावादीहरू पक्राउ

समाचार
काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना राजावादीलाई पक्राउ गरेको छ। चैत १५ गतेको तीनकुनेमा आयोजिक राजावादीको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडमा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।   'उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्। यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ,' उनले भने। उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।   पक्राउ पर्नेमा  काठमाडौंका कुमार बस्नेत, सुनसरीका अनिलकुमार थापा, झापाका तारानाथ दाहाल, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, ललितपुरका विष्णुजंग बस्नेत, काठमाडौंका लोकबहादुर बस्नेत, सिन...
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

समाचार
काठमाडौं । धरान उपमहानगरपालिका-११ बान डाँडा बस्ने ४८ वर्षीय बिरू भन्ने बिर बहादुर भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
अवैध संरचनामा बैंकहरुलाई लगानी नगर्नका लागि परिपत्र गर्न राष्ट्र बैंकलाई प्राधिकरणको आग्रह

अवैध संरचनामा बैंकहरुलाई लगानी नगर्नका लागि परिपत्र गर्न राष्ट्र बैंकलाई प्राधिकरणको आग्रह

समाचार
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अवैध रुपमा निर्माण भएका संरचनामा लगानी नगर्नका लागि बैक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ ।   प्राधिकरणको अनुमति बिना काठमाडौ, भक्तपुर र ललितपुर जिल्लामा निर्माण गरिएको संरचनामा लगानी नगर्न परिपत्र गर्न आग्रह गरेको हो ।   काठमाडौं उपत्यका भित्रका जिल्लामा घडेरी विकास गर्न तथा घर निर्माण गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ काठमाडौमा उपत्यका विकास नियमावली, २०६८ वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ का अनुसार प्राधिकरणसँग योजना अनुमति लिनुपर्नेछ ।   तर, यी जिल्लाहरुमा प्राधिकरणको स्वीकृति नलिई मापदण्ड विपरित बनेका संरचना तथा जग्गाहरु विक्री भै रहेको प्राधिकरणले जनाएको छ ।   नियम विपरित अनुमति नलिई बनाइएका यस्ता ...

संसदको हिउँदे अधिवेशनबाट बने ९ कानुन, भूमिसम्बन्धी अध्यादेश निष्क्रिय

समाचार
काठमाडौं । संघीय संसदले हिउँदे अधिवेशनबाट ९ वटा कानुन पारित गरेको छ। जसमध्ये ५ वटा अध्यादेशका प्रतिस्थापन विधेयक हुन् भने ४ वटा पुराना विधेयक पारित भएको हो।   राष्ट्रिय सभाबाट उत्पत्ति भएका सुरक्षित कारोबार विधेयक, विद्युतीय व्यापार (इ-कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक पारित भएर कानुन बनेका हुन्।   त्यस्तै सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन ...