जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुल्शनाको शव
काठमाडौं। गत फागुन २९ गते हराएकी १३ वर्षीया गुल्शना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ ।
गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यस पछि उनी फर्किनन् । मंगलबार बिहान गोठालाहरु झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको चर्चा भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए ।
गोलबजार ९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने,‘एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैं फैलिएको थियो । अर्कोतिर वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो । दुर्भाग्यवश आशंका सत्यमा परिणत भयो । १३ वर्षीया गुलशना बोरामा बेरिएर खाडल भित्र मृत अवस्थामा फेला परिन् ।’
घटनास्थल पुगेका प्रहरीले घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको बालिकाको शब फ...







