काठमाडौं ।जाजरकोट कुशे गाउपालिकाकी बालिका ३ दिन पछि सकुशल भेटियकि छिन ।
आफ्नै साथिहरुसंग खेल्न गयकि र साथिहरुले आफ्नै रुममा खेल्नका लागि राखिरहेकाे बुझिएको छ ।
काठमाडौं ।नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द हुने भएको छ। शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो।
महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए।
आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाएर परिपूर्ति गर्ने महासंघले जनाएको छ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्ध...
नकुल चाैलागाई
तेमाल काभ्रे ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तेमाल गाउपालिका स्तरीय एकता अधिबेशन बुधबार तेमाल ९ मेच्छे मुक्पामा सपन्न भएकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बिच एकता भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो। एकता अधिवेशनले दर्शनलाई इन्चार्ज र सुर्यमान मोक्तानलाई संयोजक चयन गर्दै ११ सदस्यीय तेमाल गापा स्तरीय इलाका समिति गठन गरेको छ। जस्मा सदस्यहरु भिमराज तामाङ ,इन्द्र तामाङ ,लालमान तामाङ सरमथली ,लालमान तामाङ नारायणस्थान, साहिला तामाङ , कबिन्द्र दोङ र नेपाली रहेका छ्न्
एकता अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनयराज शर्माले क्रान्तिको लागि कार्यदिशा र नेतृत्व सहि हुनु पर्ने त्यतो पार्टीले मात्र क्रान्ति गर्ने भएकोले त्यो सबै आफ्नो पार्टीमा भएको दाबी गरेका थ...
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल नजिकै बाट जाजरकोट कुशे गाउपालिका २ टालेगाउ कि एक बालिका हरियकि छिन ।
मंगलबार दिउसाे एयरपोर्ट नजिकैको काडाघारी गान्धी स्कुलमा पढ्ने बालिका आकृति प्रिरिजमा शाही नाम ले चिनिने रंग : गोरो, उमेर ८ बर्षकी बालिका हरियकी हुन। उनका बुवा यज्ञ शाही,आमा कालिका सिहं (शाही)र मामाकाे नाम महेन्द्र सिहं हाे । उनलाई साेधे पछि आमा बुवा र मामाकाे नाम बताउन सक्ने भयकाले भेटाउनु हुने जाे काेहिले नजिकैको प्रहरी लाई बुझाउन र ९८६८९३६३३९ र९७६५५१७३७७ मा सम्पर्क गर्न आह्वान गरियकाे छ ।
...
काठमाडौं ।शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो ।
ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरेको छ । नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।
सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगा...
काठमाडौं ।विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेको छ । सरकारी विज्ञापनको वितरण व्यवस्थित गर्न स्तर निर्धारणको तयारी गरिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए ।
बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनका लागि विभिन्न ५ वटा सूचकलाई आधार मानेर स्तर निर्धारण गर्ने तयारी गरेको हो ।
‘अहिले सञ्चारमाध्यमको पहुँच तथा क्षमताकाबारे आ–आफ्नै दाबी छन्,’ उनी भन्छन्,‘अब हामी निश्चित सूचक तोकेर सञ्चारमाध्यमको स्तर निर्धारण गर्नेछौं ।’
पाचवटा आधार :
१, प्रकाशित संख्या, भिजिटर तथा पहुँच र दर्शक संख्यालाई स्तरको आधार मानिने भएको छ ।
२, सञ्चारमाध्यममा गरिएको लगानीलाई मान्ने तयारी बोर्डको छ ।
३ संचारमाध्यमले सिर्जना गरेको रोजगारीलाई मानिने भएको छ ।
४,सञ्चारमाध्यमले राज्यलाई तिरेको करलाई आधार मानिने भएको छ ।
५,सञ्चारमाध्यमले पस्कने सामग्रीला...
काठमाडौं। प्रस्तावित बिद्यालय शिक्षा विधेयक जन बिपरित भयकाे भन्दै साे बिधेयक पत्र जलाउने क्रममा सिंहदबारको गेटबाट अखिल ( क्रान्तिकारी) का नेताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।
मंगलबार दिउसाे सिंहदरबार दक्षिण गेट मा उक्त बिधेयक पत्र जलाउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारीका बिद्यार्थी नेता उषाकिरण "आजाद" , हरि विष्ट , राजन साउद र राहुल विकलाई प्रहरीले गिरफ्तार गरेको हाे।
नेपाल सरकार ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा प्रस्तावित विद्यालय शिक्षा विधेयक जनबिपरित भयकाे भन्दै शिक्षक महासंघ लगायन विभिन्न पार्टीका संगठन हरुले बिज्ञप्ति समेत जारि गरि बिराेध जनायका छन ।...
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल जिल्ला संगठन समिति जाजरकोटले संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल सम्बन्धिकाे अभियान तिब्र पारेकाे छ ।
जिल्लामा रहेका सात वटा स्थानीय तह हरुमा भईरहेका बिकास निर्माण का कामहरुमा अनुगमन र निरिक्षण गर्दै , आउने गरेका जनगुनासाे उपर छलफल गर्दै, सबै कामहरुमा पारदर्शिता हुनु पर्ने, ईस्टामेट अनुसार काम हुनु पर्ने र काम गर्दा मजदुर हरुले पनि समयमै पारिश्रमिक पाउनु पर्ने र बिकास निर्माणमा बाधा पुर्याउने खालका कदम काेहि कसैले गर्न नहुने पार्टी जिल्ला संयोजक हिमालले बताय ।
जिल्लाको पूूर्वि इलाका नलगाड नगर पालिका देखि थालिएको अभियान बारेकाेट हुँदै कुशे गाउपालिका सम्म पुगेकाे र क्रमश छेडागाड नगरपालिका ,जुनिचाँदे गाउपालिका हुदै शिवालय गाउपालिका र अन्तिममा भेरि नगर पालिकामा अभियान संचालन गरिने पार्टी संयाेजक हिमालले बताय । दुई महिने अभियान का ल...
जाजरकोट। जिल्लाको कुशे गाउपालिका वडा न. २ ढार टाेलमा बस्ने गणेशमान सिंह कि १४ बर्षकी छाेरी यमुना सिंहलाई बाल टिभिकाे काे संकेत देखिय पछि उपचारका लागि सहयाेगकाे अपिल गरियकाे छ ।
यमुना सिंह गाउँकै जनकल्याण आधारभुत विध्यालयमा कक्षा ५ कि छात्रा हुन।उनी अरू बालबालिका भन्दा शारीरिक रूपमा हेर्दा ८/९ बर्षकी जस्ती देखिन्छिन । समाजका सबैले भन्छन् कि उमेर अनुसार बालिकाकाे नत ताैल मिल्छ नत उचाइ अन्य बालबालिका भन्दा शारीरिक हिसाबले उनी कम्जोर देखिन्छिन। तर घरयासी काम काज सबै गर्न सक्छीन । यमुना काे घरपरिवारमा जम्मा ७ जना छन् जसमा भाईबहिनी ५ जजा मध्य ३ बहिनी २ भाई मध्य उनी जेठि छाेरी हुन । उनका बुवा गणेशमान सिहं र आमा निर्मला शाही (सिहं) हुन । आमाको माइतीघर जुनिचाँदे गाउँ पालिका वडा न. ११ काेर्ताङ हाे । बालिकाका बाबुआमा गाउँ घरमा दैनिक मजदुरि गरि घर परिवार चलाउन धाैँधाैँ हुने र समाजमा १२ महिना गाउँ...
काठमाडौं ।भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादि देव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालि...