१८ असार २०८२, बुधबार

समाचार

लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ मासिक शृङ्खला लघुकथा विशेष कार्यक्रम सम्पन्न

लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ मासिक शृङ्खला लघुकथा विशेष कार्यक्रम सम्पन्न

समाचार
जयराम बिडारी काठमाण्डौँ / लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रुपमा सञ्चालन गरिने रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रममा रेणु अधिकारी ‘मौनता’कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’को परिचर्चा गरिएको थियो । राजधानीको तानपा-८,स्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षता रहेको थियो भने विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिषठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा हुनुहुन्थ्यो । यसैगरी विशेष अतिथिमा कृतिका परिचर्चाकार डा. कौशिला रिसाल,कृतिकार रेणु अधिकारी ‘मौनता', प्रा...
नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको अधिवेशनको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न

नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको अधिवेशनको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न

समाचार
बुटवल । नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको अधिवेशनको मतदान कार्यक्रम वडा नं. १२ र १३ को अधिबेशन को मतदान श्री नयाँ गाउँ उच्च मा.वि. को प्राङ्गणमामा शान्पिुर्ण रुपमा सपन्न भएको छ । संस्थाको कुल २३ सिटको कार्यसमितिको लागि ६९ जनाले उम्मेदवारी दिएका थिए । कार्यसमितिको लागि प्यानल दर्ता गराउँदा एमाले र माओबादी तथा काङ्ग्रेस र राप्रपा गठबन्धन गरि चुनावमा उत्रीएका थिए भने गठबन्धनका बिरुद्ध स्वतन्त्र समूह एक्लै मैदानमा उत्रेको हाम्रो वुटवल संवाददाताले जानकारी गराएका छन् । बिहान ८ बजे बाट सुरु भयेको मतदान ४ बजे सम्पन हँुदा कुल ४७०० मत मध्य २६०४ मत खसेको थियो । स्वतन्त्र उम्मेदवारका रुपमा रहेका अध्यक्ष पदका उम्मेद्वार बामदेब भुसाल लाई जिताउन सुभचिन्तक सहित नपाली काँग्रस(बिपि) कि केन्द्रिय सदस्य देवि लामिछाने बिहानै बाट मतदान स्थलमा खटिएर भरपुर सहयोग गरेको श्रोतले बताएको छ । ...
“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

कविता, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
✍️हाम्रो सुर नमिल्नु, ताल नमिल्नु, विचार नमिल्नु, सपना नमिल्नु… तिम्रो खुशीयाली शहरसँग मेरो उजाड मरुभूमी नमिल्नु । तिम्रो प्रेमको वर्षातले मेरो मन रुझाउन नसक्नु । तिमी मेरै भएर पनि टाढाको आकाशझैं लाग्नु, म तिम्रो भएर पनि शून्यतामा हराउनु । जसरी– दुई किनार नमिलेर नै बनेको हो नदीको अस्तित्व । जसरी– रात र दिन नमिले झै हामीले बुझेका छौं । समयको महत्व हो, त्यसैगरी–तिमी र म नमिल्नु पनि, केहि मिल्नु थियो । जस्तो – कुनै एउटा प्रेमिल यादहरू । केही नमिल्नु पनि त, धेरै कुरो मिल्नु हो । कुनै दिन तिमी भेटियौ भने, सिर निहुराएर अन्तै हेरिदिन्छु । नदेखेझैं गरिदिन्छु । देखिहाल्यौ, बोलायौ भने, नसुनेझैं गरिदिन्छु । अपरिचित बनिदिन्छु । सोध्यौ तिमीले भने, “सन्चै छ,” जस्तो भान पारिदिन्छु । सबै कुरा हाँसेरै टारिदिन्छु । साथी मात्र थियौं जस्तो गरिदिन्छु । आँसुहरू आँखामा रोकी दिन्छु । जीवन एक फूलबारी...
समाजसेवी सावित्री घिमिरे सम्मानित

समाजसेवी सावित्री घिमिरे सम्मानित

समाचार
काठमाडौं । राष्ट्रिय नागरिक विकास समाज द्वारा आयोजित ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय नारी सम्मान समारोह कार्यक्रम २०८१ मा समाजसेवी सावित्री घिमिरे सम्मानित हुनुभएको छ । यो कार्यक्रममा विभिन्न भूमिका बाट राष्ट्रलाई अनुकरणीय योगदान दिएका विशिष्ट ५०नारीहरुलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघीय संसद प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाको बाहुलीबाट उहाँ सम्मानित हुनु भएको हो । २०७२को भुकम्प देखि कोरोना भाइरस(कोभिड—१९)ले देशमा अप्ठ्यारो परेको बेलामा पिडितहरुको दैलो दैलोमा पुगि राहत वितरण गर्ने देखि बिभिन्न सामाजिक काममा समेत सकृय भुमिका निर्वाह गरेको भन्दै आयोजक संस्था राष्ट्रिय नागरिक विकास समाजले घिमिरेलाई सम्मानित गरेको हो । सम्मान ग्रहण पछि मिडियाकर्मीहरु संग कुराकानी गर्दै समाजसेवी सावित्री घिमिरेले यो सम्मानले आफुलाई अझ थप जिम्मेवारी थपिए...
‘गैरआवासीय नेपाली संघको महाधिवेशन २०२५ सम्पन्न गर्नु हाम्रो दायित्व हो’ : पूर्व अध्यक्ष रबिना थापा

‘गैरआवासीय नेपाली संघको महाधिवेशन २०२५ सम्पन्न गर्नु हाम्रो दायित्व हो’ : पूर्व अध्यक्ष रबिना थापा

समाचार
काठमाडौं/ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्ने क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रविना थापाले गैरआवासीय नेपालीहरूले नेपाल सरकारसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रीसहित एनआरएनएका पूर्व अध्यक्षसहित अग्रज अभियन्ताहरुको छलफलका क्रममा उहाँले सो धारणा राख्नुभएको हो । "नेपालको कानूनलाई सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि हाम्रो योगदान जारी राख्नुपर्छ” उहाँले भन्नुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २० वर्षको स्वर्णिम इतिहासलाई निरन्तरता दिने तथा संघका कार्यविधिहरूलाई परिमार्जन गर्ने उद्देश्यले आगामी ३ र ४ मे २०२५ मा गर्न लागिएको एकीकृत महाधिवेशनका लागि सबै पञ्जीकृत सदस्यलाई महाधिवेशनमा सहभागी हुन समेत पूर्व अध्यक्ष थापाले आग्रह गर्नुभयो । महाधिवेशनलाई सफल बनाउन संघका सबै सदस्यहरूले नेपा...
नारी दिवसका दिन जुम्लामा हिंसा पिडित महिलाहरुले खाेले दिमा आमा घर

नारी दिवसका दिन जुम्लामा हिंसा पिडित महिलाहरुले खाेले दिमा आमा घर

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
जुम्ला :जुम्लामा हिंसा पिडित महिलाहरुको शशक्तिकरण, आपतकालिन आश्रय, न्याय पैरविका लागि दिमा आमा घरको स्थापना गरिएको छ । बढिरहेको हिंसाका घटना न्यूनिकरण गर्न तथा न्यायीक निकायमा पुर्याउने भन्दै सात जना घरेलु हिंसा पिडित महिलाहरुले कार्यालय स्थापना गरेका हुन् । जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा आमा घर स्थापना गरिएको हो ।११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा संस्थाका अध्यक्ष दिलमाया शाहीले जुम्लामा दिमा आमा घरको आवश्यकताका बिषयमा जानकारी दिनुभयो । उहाँले जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफुँ सँग जोडिएका सात जना महिला मिलेर हिंसा पिडितकाको न्याय, आत्मनिर्भरता, पैरवि तथा शशक्तिकरणका लागि दिमाआमा घर स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले पत्रकारिता गर्दाका विभिन्न समयमा हिसां पिडित घटनाले ंिहंसा पिडित महिलाहरु सदरमुकाममा बसेर कानूनी निकाय जान सक्ने कठिन भएकाले गुणस्तर ब...
दाउन्नेमा बस र ट्रक ठोक्किएपछि अवरूद्ध राजमार्ग दुइतर्फी सञ्चालनमा

दाउन्नेमा बस र ट्रक ठोक्किएपछि अवरूद्ध राजमार्ग दुइतर्फी सञ्चालनमा

समाचार
काठमाडौं । दाउन्नेमा बस र ट्रक ठोक्किएको छ।   बजेको दाउन्नेस्थित पूर्व-पश्चिम राजमार्गको ८४ मोड भन्ने स्थानमा शनिबार बिहान ६:४५ बजे काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४१३८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ८५७५ नम्बरक ट्रक ठोक्किएको हो।   जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार बस र ट्रकमा सवार सबै सकुशल छन्।   बसमा सामान्य क्षति भएको छ। दुर्घटनापछि प्रहरीले ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ भने बस गन्तव्यतर्फ गइसकेको छ। दुर्घटना हुँदा राजमार्ग अवरूद्ध भएको थियो। केही छिन अवरूद्ध भएको राजमार्ग अहिले दुइतर्फी नै सञ्चालनमा रहेको उनले बताए।   ‘केही पर एउटा ट्रक पनि बिग्रिएर बसेको थियो। बाटो साँघुरो भएकाले त्यसले पनि सडक एकतर्फी गर्नुपर्ने अवस्था आयो। अहिले दुइ...
जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाए

जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाए

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छन।"सबै महिला तथा बालिकाको लागि,अधिकार, समानता र सशक्तिकरण"! भन्ने मुल नाराका साथ बिश्वभर आज विभिन्न कार्यक्रम गरि नारी दिवस मनाउने चलन छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागीमा महिला हक अधिकार सशक्तीकरणको माग गर्दै जिल्लाको भेरि नगरपालिका वडा नम्बर -४ शान्तीचाैतारा बसपार्कदेखी वडा नम्बर- ३  नगरपालिकाकाे कार्यलय सम्म र्‍याली गरिएको थियो । जाजरकोटी महिलाहरुकाे पन्चेबाजा प्रस्तुति गरेर र्‍यालीकाे अगुवाइ गरियकाे थियाे । महिला र बालिकाको लागि :सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने उदेश्यका साथ प्रतेक बर्षकाे मार्च ८ मा नारी दिवस मनाउने गरिन्छ। सन् १८५७ मा अमेरिकी महिलाहरुले न्यू...
कुलमानलाई हटाउन खोजेको भन्दै बुटवलमा चक्का जाम

कुलमानलाई हटाउन खोजेको भन्दै बुटवलमा चक्का जाम

समाचार
काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्न लागेको विरोधमा बुटवलमा चक्काजाम गरिएको छ ।   शनिबार दिउसो पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित बुटवल–१२ तामनगरमा ३० मिनेट चक्काजाम गरिएको हो । तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवं विभिन्न टोल विकास समितिहरू र संघसंस्थाहरूको संयुक्त आयोजनामा उक्त चक्काजाम गरिएको थियो । दैनिक १८ घण्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई हटाउन ऊर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागेको उनीहरूले आरोप लगाएका छन् ।   तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवं विभिन्न टोल विकास समितिहरू र संघसंस्थाहरूको संयुक्त आयोजनामा उक्त चक्काजाम गरिएको थियो ।   ...
काठमाडौँमा शिक्षकहरुको प्रदर्शन

काठमाडौँमा शिक्षकहरुको प्रदर्शन

समाचार
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले काठमाडौँमा प्रदर्शन गरेको छ । शनिवार पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।   आजको आन्दोलनमा महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्ने लक्ष्य राखेको थियो । आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई महासङ्घले विभिन्न समूहमा विभाजन गरेको छ । जसमा समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको छ । तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने महासङ्घले लक्ष्य राखेको थियो । त्यस्तै समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल...