
युवतीलाई भारत पुर्याइ बेचेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । दुई जना युवतीलाई भारतको पुनेमा बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भइ हाल काठमाडौं तार्केश्वर नरपालिका बस्ने ३२ वर्षीय मानबहादुर तामाङ र दुप्तेश्वर गाउँपालिका-६ घर भई तार्केश्वर बस्ने सोमबहादुर तामाङ पक्राउ परेका हुन्।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले शुक्रबार तार्केश्वरबाट पक्राउ गरेको हो।
उनीहरूविरूद्ध दुई जनाले किटानी जाहेरी दिएको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
२०८१ मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका-१२ चापागाँउ ठेचोबाट कोटेश्वर ल्याई झापा, काकडभिट्टा, भारतको दार्जलिङ, कोलकत्ता, दिल्ली हुँदै महाराष्ट्रको पुना पुर्याइएको भन्ने जाहेरीमा उल्लेख रहेको उनले बताए।
'उनीहरूलाई माघ १५ गते उद्धार गरिएको हो,' एसपी कुँवरले भने, 'नक्कली नागरिकता र परिचयपत्र...