
फेसियल हाउसको “होली थिम” मा फोटो शुट
काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीले मनाउने विभिन्न चाडपर्वमध्ये फागुपूर्णिमा अर्थात् रङ्गहरूको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी "होली थिम " मा रङ्गसँग रंगिएर आकर्षक फोटो सुट गरेको छ ।
विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि "होली थिम " मा फोटो सुट गरेको हो ।
होली पर्वले सांस्कृतिक महत्व बोकेकै छ, साथीभाइ, आफन्त र एकअर्काबीच मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न पनि अत्यन्तै ठूलो सघाउ पुर्याउँदछ ।आफ्नो ब्यवसाय संगसंगै होली स्वरुपमा फोटो सुट गरिएको र सो कार्यलाई सबैले प्रसंशा गरेको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् ।
फेसियल हाउसबारे:
काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउ...