१७ असार २०८२, मंगलवार

समाचार

अनेरास्ववियुको तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

अनेरास्ववियुको तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

समाचार
काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसमा स्ववियु कोष दुरूपयोग गरी विद्यार्थी भर्ना गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेपछि स्ववियु चुनाव अनिश्चित भएको छ।   चैत ५ गतेका लागि स्ववियु चुनाव तोकिएको छ। तर तालाबन्दीका कारण चुनाव प्रक्रिया रोकिएको छ।   स्ववियु सभापति सुशान्त बस्नेतले कोष दुरूपयोग गरी चार सय जना भन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप अनेरास्ववियुको छ। अनेरास्ववियुका क्याम्पस अध्यक्ष सन्तोष शेर्पाले विज्ञप्ति नै निकालेर यस्तो दाबी गरेका हुन्।   स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विधार्थीको नाममा रहेको कोषबाट विधार्थीको भर्ना गरेको नेकपा (एमाले) निकट अनेरास्ववियुको आरोप छ।   यहाँ नेविसंघ र अनेरासस्ववियुबीच यस विषयलाई लिएर आरोप प्रत्यारोप छ। स्ववियु सभापति बस्नेतले अन्य संगठनले भनेजस्तो स्ववियु कोष दुरूपयोग नभएको दाब...
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

समाचार
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।   लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।   उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ पुगेको छ।   यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो।यस्तै बुधबार भने प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा सुनको कारोबार भएको थियो।   ...
अमेरिकामा जहाज अवतरण गर्नासाथ आगो लाग्यो, यात्रु ओर्लिन पनि भ्याएनन्

अमेरिकामा जहाज अवतरण गर्नासाथ आगो लाग्यो, यात्रु ओर्लिन पनि भ्याएनन्

समाचार
काठमाडौं । अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै आगलागी भएको छ। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो।   अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७-८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो।   उडानको क्रममै इन्जिनमा खराबी देखिएपछि जहाजलाई डाइभर्ट गरी डेनभर विमानस्थलमा अवतरण गराइएको थियो। अवतरण गरेपछि यात्रु ओर्लिन नपाउँदै विमानको इन्जिनमा आगलागी भएको थियो भने भित्री भागहरुबाट पनि धुवाँको मुस्लो छुटेको थियो। धुवाँको मुस्लोले विमानस्थल नै ढाकेको थियो। यात्रुहरू झ्यालबाट निस्किएर विमानको पखेटामा लहरै बसेका थिए भनेर अमेरिकी मिडिया सिएनएनले समाचार लेखेको छ।   &...
हङकङमाथि नेपालको ६ विकेटको जित

हङकङमाथि नेपालको ६ विकेटको जित

समाचार
काठमाडौं । युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।   नेपाल, हङकङ, युगान्डा र नामिबिया सहभागी प्रतियोगितामा नेपालले लिग चरणका छ मध्ये दुई खेलमा जति निकाल्दा चार खेलमा पराजित भयो।   चार खेलमा पराजित भएपछि नेपाल फाइनलमा पुग्न असफल भएको थियो। अब नेपालले तेस्रो स्थानको खेलमा हङकङसँगै नै खेल्नेछ।   नेपालले नामिबियाविरूद्धका दुवै खेलमा पराजय भोग्यो। युगान्डा र हङकङसँगका एक-एक खेलमा जित निकाल्दा एक एक खेल हार्‍यो। युगान्डामा शुक्रबार हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। ...
केदारनाथ श्रेष्ठ र लिलादेवी श्रेष्ठको “ प्रेम,समर्पण र त्याग” समेटिएको पुस्तकको दोश्रो संस्करण बिमोचन

केदारनाथ श्रेष्ठ र लिलादेवी श्रेष्ठको “ प्रेम,समर्पण र त्याग” समेटिएको पुस्तकको दोश्रो संस्करण बिमोचन

समाचार
काठमाडौं । राष्ट्रको लागि लामो समय शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएका समाजसेवी तथा सर्जक केदारनाथ श्रेष्ठ र साहित्यकार एवं समाजसेवी लिलादेवी श्रेष्ठको ६० औं बैबाहिक बर्षगाँठ(हिरक महोत्सव)को अवसरमा सुचक प्रकाशनको संयोजकत्वमा भएको एक बृहत कार्यक्रम बिच एघारवटा संस्थाको तर्फबाट “शिखर अभिनन्दन” गरिएको छ । गुन्जन(नारी साहित्य संस्था),शब्दयात्रा प्रकाशन,दियो पाउण्डेशन,नारी साहित्य प्रतिष्ठान,लोमश वाङ्मय प्रतिष्ठान,सलान फाउण्डेशन नेपाल,क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार कोष,विश्व साहित्य प्रकाशन संघ,माईण्ड प्लस,श्रष्टा पदयात्रा नेपालले संयुक्त रुपमा श्रेष्ठ दम्पतीलाई “ शिखर अभिनन्दन ” गरेको हो । श्रेष्ठ दम्पितीको ६० औं बैवाहिक बर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा श्रेष्ठ दम्पतीकै जीवनीमा आधारित बुलु मुकारुङले लेख्नु भएको “ प्रेम, समर्पण र त्याग ” पुस्तकको दोश्रो संस्करणको लोकार्पण समेत...
अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

समाचार
काठमाडौं ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ५० वर्षीया सुशिला गोलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   अस्थायी प्रहरी पोष्ट रामबनबाट खटिएको प्रहरीले हेडौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ६०६१ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ ।   मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।   रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । ...
नेपाली बजारमा आज सुन–चाँदीको बढ्यो  मूल्य

नेपाली बजारमा आज सुन–चाँदीको बढ्यो  मूल्य

समाचार
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।     यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...

युक्रेनले रूससँगको युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताव मान्ने भनेपछि अमेरिकाले रोकेको सैन्य सहायता र खुफिया सूचना फुकुवा

समाचार
काठमाडौं । युक्रेनले रूससँगको युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव मान्ने भनेपछि अमेरिकाले रोकेको सैन्य सहायता र खुफिया सूचना फुकुवा गरेको छ। साउदी अरेबियाको जेड्डामा मंगलबार अमेरिका र युक्रेनको वार्तापछि अमेरिकाले सो निर्णय गरेको हो। ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा चर्काचर्की भएको तीन दिनपछि अमेरिकाले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता रोकेका थियो। साथै युक्रेनलाई रूसी सेनाबारे अमेरिकाले दिइरहेको खुफिया सूचना पनि रोकेको थियो।     सो निर्णयले युक्रेनलाई दिने प्रक्रियामा रहेको एक अर्ब डलरभन्दा बढीको हतियारलाई प्रभाव पार्ने बताइएको थियो। ट्रम्पको सो आदेशले युक्रेनलाई दिइने दसौं करोड डलर पैसा पनि रोकिएको थियो। युक्रेन स...
फागुको सुस्तायो चहलपहल

फागुको सुस्तायो चहलपहल

समाचार
काठमाडौं । केही दिन भयो काठमाडौंको मौसम खुल्न सकेको छैन। न घाम लाग्ने, न बादल नै फाट्ने अचम्मसँग धुम्मिएको छ, काठमाडौं उपत्यकासहित देशको धेरै भागको मौसम।   पर्यावरणले वसन्त डाकिसक्दा पनि मौसमले खुलेर स्वागत गर्न नसकेकै अवस्थामा फागुको रौनक भित्रिएको छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा यो पर्वको विशेष रौनक छाउने गर्छ।   तराईं क्षेत्रमा भने फागु पूर्णिमाको भोलिपल्ट होली पर्व मनान्छ। त्रेता युगदेखि नै नेपाली, परम्परा र रीतिरिवाजको अविच्छिन्न हिस्सा बनेको होली विशेष गरेर रङ र पानीको सांस्कृतिक संगम हो। आपसमा रङ दलेर र पानी छ्यापेर मनाइने यो पर्व भावना तथा सद्भाव सेतु पनि हो।   प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै यो पर्वको उल्लास सुरू हुन्छ। हनुमानढोका दरबारको गद्दी बैठक...