१७ असार २०८२, मंगलवार

समाचार

देशभर स्ववियु चुनावको रौनक : राजनीतिक दलहरुको परीक्षा

देशभर स्ववियु चुनावको रौनक : राजनीतिक दलहरुको परीक्षा

समाचार
काठमाडौं ।  राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका कारण देशभरका क्याम्पसहरुमा चुनावी रौनक छाएको छ । यही चैत ५ गते हुने निर्वाचनका लागि त्रिविअन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । विशेषगरी राजनीति दलहरुले स्ववियु निर्वाचनलाई आफ्नो शक्ति प्रदर्शनका रुपमा हेरेका छन् । चुनावको मिति नजिकिएसँगै क्याम्पस परिसरमा निर्वाचन केन्द्रीत गतिविधिहरु भइरहेका छन् । उम्मेदवारहरुले चुनावी प्रचारलाई तिब्र बनाएका छन् । मुख्यगरी काठमाडौंको प्रदर्शनी मार्ग, बागबजार, पुतली सडक, घन्टाघर क्षेत्रमा विद्यार्थीहरुको चहलपहल बाक्लो छ । यद्यपि, कतिपय ठूला मानिएका क्याम्पसमा भने विद्यार्थी, निर्वाचन समिति, क्याम्पस प्रशासनबीच मनमुटाव हुँदा निर्वाचन स्थगित समेत भएको छ । तथापी, निर्वाचन निश्चित भएका काठमा...
मोहना नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु

मोहना नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु

समाचार
काठमाडौं । कैलालीमा नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ।   धनगढी नगरपालिका-१९ फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय १६ वर्षीय दिनेश ओझा र १५ वर्षीय आशिष ओझा छन्।   कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार शुक्रबार दिउँसो तीन बजे नुहाउन भनेर आशिष र दिनेश चारजना साथीहरूसँगै गएका थिए।   १६ वर्षीय करणसिंह धामी, १५ वर्षीय आदर्श पुजाराले उनीहरू डुबेको खबर गरेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए।   खोजी गर्दा साँझ ५ बजेर ५ मिनेटमा दिनेश ओझा र ५:२५ बजे आशिलाई नदीबाट मृत अवस्थामा निकालिएको डिएसपी बोहराले बताए।   शव पोस्टमर्टमपछि परिवारको जिम्मा लगाइने उनले बताए।घटनाबारे थप अनुसन्धान  भइरहेको पनि उनले बताए। ...
ट्रम्पको विरोध गरेको भन्दै अमेरिकाले निकाल्यो दक्षिण अफ्रिकाका राजदूतलाई

ट्रम्पको विरोध गरेको भन्दै अमेरिकाले निकाल्यो दक्षिण अफ्रिकाका राजदूतलाई

समाचार
काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई निस्कासन गरको छ।   अमेरिकाका  विदेशमन्त्री मार्को रूबिओले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई अब अमेरिकामा स्वागत गर्न नपर्ने भनेर एक्समा लेखेका छन्।   क्यानडामा जी-७ राष्ट्रहरुको विदेश मन्त्रीहरूबीचको बैठक सकेर अमेरिका फर्किएका रूबिओले राजदूत रसुललाई अमेरिका प्रवेशमा रोक लगाइएको बताएका हुन्।   विदेशमन्त्री रूबिओले रसुलले जातीय राजनीति गरेको र अमेरिकी राष्ट्रपति ट्रम्पको कट्टर विरोधी भएका कारण उनलाई अमेरिकामा स्वागत गर्न नसकिने भनेर एक्समा लेखेका छन्।   ‘दक्षिण अफ्रिकी राजदूत रसुललाई हाम्रो महान देश अमेरिकामा स्वागत छैन। उनी एक जातीवादी हुन् जो अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन्,’ रूबिओले एक्समा लेखेका छन्।   ...

जयन्दु बाल सुधार गृहमा तनाव: थप १५ जना घाइतेलाई पठाइयो अस्पताल

समाचार
काठमाडौं ।  बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियाँस्थित जयन्दु बाल सुधार गृहका थप १५ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।   स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीभित्र प्रवेश गरी घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको हो। बालबन्दीले शनिबार बिहान आफू बस्ने भवनमा आगो लगाएका थिए। आगो लगाएपछि उनीहरू छतमा बसेका थिए। आगो निभाउन गएको दमकल पनि उनीहरूले भित्र प्रवेश गर्न दिएका थिएनन्।   उनीहरूले रेलिङ भत्काएर, ढुंगा र इँटाहरूले घरको छतबाट प्रहरीमाथि आक्रमण गरेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले आफै माइकिङ गरी शान्त बस्न र केही समस्या भए राख्न आग्रह गर्दा पनि बालबन्दीहरू शान्त भएका थिएनन्। बालबन्दीहरूको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले...

काठमाडौंकाे तिनकुनेमा टिपरले ठक्कर दिए पछि दुईजनाको ज्यान गयाे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौंकाे तिनकुनेमा टिपरले ठक्कर दिएपछि भएको दुर्घटनामा माेटर साईकल सवार एक जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका कागेश्वरी मनहरा र शनिबार बिहान काठमाडौंको तीनकुनेमा भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन्। काठमाडौं महानगरपालिका ३२ तीनकुने गौरीगाउँमा शनिबार बिहान साढे चार बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र३–०२ –००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोक पनौती ११ का सुकराम तामाङको मृत्यु भएको र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का रमेश तामाङ घाइते भएका छन्। दुर्घटनापछि फरार भएको टिपर विमानस्थल भन्सार कार्गाेभित्र भेटिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उता, कागेश्वरी मनहरा वडा नम्बर १ स्थित सानीटारीमा पनि टिपरकै कारण मोटरसाइकल चालकले ज्यान गुमाएका छन्। बा ५ ख ११६८ नम्ब...
एसईइ परिक्षामा याे बर्ष ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी, सम्पूर्ण तयारी पूरा

एसईइ परिक्षामा याे बर्ष ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी, सम्पूर्ण तयारी पूरा

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ।‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ। जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने। पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ। परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए।परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ। यस पटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्...
समाजवादी माेर्चाले आज बुद्धिजीवी संग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

समाजवादी माेर्चाले आज बुद्धिजीवी संग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी  र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगामी हर्कतलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको गरेको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै हजारौं जनता सडकमा उतारेर प्रतिगामी हर्कतको विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको हो । मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले भने – ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही स...
रेखा पोख्रेलको स्वरमा सुनिल परियारको “लान्छ क्या हो पिरैले” दर्शक श्रोताहरुको रोजाईमा

रेखा पोख्रेलको स्वरमा सुनिल परियारको “लान्छ क्या हो पिरैले” दर्शक श्रोताहरुको रोजाईमा

मनाेरन्जन, समाचार
कठमाडौं । रेखा पोख्रेलको स्वरमा“लान्छ क्या हो पिरैले” बोलको गीत सार्वजनिक भएको छ। सुनिल परियारको संगीत तथा संयोजनमा गीत तयार भएको हो। विक्रम बावु विश्वकर्माको शब्द रहेको गीत परियारकै युटुव च्यानलवाट विश्वभर बाहिरिएको हो। मन छुने शब्द संगै भाका निर्माण भइ बजारमा आएको छ। गीत सुजन सुर्खेतीको छायांकनमा जनता डिजिटलको सम्पादन छ। सुनिल परियारको संगीत संयोजनमा डाडैको टुनि, रुकुमको, बैनी झ्यालैमा गीत चर्चित छन्। पुरा भिडियोः https://youtu.be/-Jz_YWOe5zw?t=437...
धनुषामा बस दुर्घटना, २८ जना भन्दा धेरै घाइते

धनुषामा बस दुर्घटना, २८ जना भन्दा धेरै घाइते

समाचार
काठमाडौं । धनुषाको जनकपुरधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् ।   जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना।५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोलमा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्वार गरेर प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।   थप विवरण आउन बाँकी छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताए

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताए

समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताएका छन् ।   आज सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कटाक्ष गर्दै आफ्नै वंश मास्नेले धाक लगाउन नमिल्ने बताएका हुन् ।यस्तै प्रचण्डले पूर्वराजालाई मूर्ति, सुन चोरको आरोप पनि लगाएका छन् । उनले भने, वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए, नेपाली जनताले बिर्सिएको छ रु मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?”। ...