९ असार २०८२, सोमबार

प्रधानमन्त्रीद्वारा त्रिवि क्रिकेट मैदानको अवलोकन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

 

आज साँझ त्रिवि क्रिकेट मैदानमा पुगेर उनले निर्माणाधीन पारापिटको अवलोकन गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीसँगै उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि अवलोकनमा पुगेका थिए ।