लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित वनभोज कार्यक्रममा साहित्यकार दिल पौडेलको मेरो देशको सेल्फी माथि परिचर्चा सम्पन्न
-जयराम बिडारी
जेठ २४ ,काठमाण्डौ
भाषा कला साहित्यको उन्नयनका लागि स्थापनाको छोटो समयमै उल्लेखनीय योगदान दिन सफल लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित वनभोज कार्यक्रममा कवि साहित्यकार दिल पौडेलको कविता सङ्ग्रह ‘मेरो देशको सेल्फी’ उपर विशद परिचर्चा गरिएको छ ।
प्रतिष्ठानद्वारा हरेक महिनाको चौंथो शनिवार नियमित रुपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम अन्तर्गतको नवौं श्रृङ्खला तीन पिप्ले स्थित वर्डहिल फार्मस्टेमा साहित्यिक वनभोजको आयोजना गरी पाँच दर्जनजति साहित्यानुरागी हरुका बीच सुरम्य वातावरणमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा आसिन प्रशिद्ध समालोचक ईश्वरचन्द्र ज्ञवालीले निजामती कर्मचारीका रुपमा क्रियाशील रहेका दिल पौडेलले कर्मचारीतन्त्र भन्दा माथी उठेर साहित्यिक क्षेत्रबाट प्रशासनिक जटिलता, भ्रष्टाचार तथा बेथितिका बिरुद्धमा सशक्त रुपमा कलम चलाएको बताएका छन् ।
...









