९ असार २०८२, सोमबार

प्रधानमन्त्री ओलीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गरेका छन् ।

 

नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम अस्पताल स्थापना भएको हो ।

 

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए ।