काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ ।
आइतबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो ।
बैठकमा संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, विधेयकलगायतका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौं। अर्कैको नामको जग्गाको नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा लिएका तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १ का २२ वर्षीय गौरव कार्की, सोही ठाउँका ३५ वर्षीया ईश्वरी माया रोका र बाराको जितपुर नगरपालिका– ३ का ३५ वर्षीय दिलिपकुमार सिंह छन्।
बाँकेबाट खटिएको प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा उनीहरूलाई माघ ८ गते काठमाडौंमा बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरी बाँके ल्याएको हो।
उनीहरूले बाँकेको डुडुवा गाउँपालिका– ५ को कित्ता नम्बर १५१ र कित्ता नम्बर १५२ को ३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाई काठमाडौंमा शाखा रहेको एक बैंकबाट एक करोड २० लाख रूपैयाँ कर्जा लिएका थिए।
सो जग्गा जुम्लाको चन्दननाथ नगरपालिका– ८ का रेश्मा श्रेष्ठको थियो।
गौरव, ईश्वरी र दिलिप...
काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नवौँ महाधिवेशन ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै बिहिवार सम्पन्न भयकाे छ ।
गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन गर्दै शुरु भएको नेकपा (बहुमत)काे ) को नवौँ महाधिवेसन माघ ५ गतेबाट कीर्तिपुरको अडिटोरियम हलमा शुरु भएको बन्द सत्रमा १६ वटा समूहले दस्तावेज र विधान पारित गरिसकेपछि बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष दीर्घराज पाण्डेले आयोजक समिति विघटनको घोषणा गरेका थिय। अध्यक्ष मण्डललाई निर्वाचन मण्डलमा परिणत गरिएको थियो । त्यसको लगत्तै अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ को प्रस्ताव गरेकी थिइन् । उक्त सङ्ख्यालाई हलले ताली बजाएर पारित गरेको थियो ।त्यसको लगत्तै सरला रेग्मीले ९९ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकी थिइन् ।
केन्द्रीय सदस्यमा उदयबहादुर चलाउने ´दिपक`, गुणराज लोहनी, प्रकाश धमला ‘गम्भीर’, शर...
जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउपालिमा एक बालिकाको घाँटी रेटेर हत्या ।
प्रहरीका अनुसार बारेकोट गाँउपालिका ७ स्याला निवासी शिव बहादुर सार्कीकी तीन बर्षिया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरेका छन।
बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ बर्षिय छोरा विरेन्द्र नेपालीले ति बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । विहिवार साँझ खेल्ने क्रममा ति बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । ति बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ ।
‘रेफ गर्ने प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प...
काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठबाट एउटा चितुवाको उद्धार भएको छ।
बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिकाको भंगालमा एउटा चितुवा फेला परेको हो। करिब साढे ७ बजेतिर प्रहरीलाई खबर भएको थियो। त्यसपछि प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा सम्पर्क गरेको थियो।
सम्पर्क गरेपछि कार्यालयबाट खटिएको टोलीले ११ बजेतिर नियन्त्रणमा लिएको कार्यालय प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिए।
उनका अनुसार चितुवालाई ‘डार्ट’ गरी बेहोस बनाइएको थियो। त्यसपछि नियन्त्रणमा लिइएको हो।
...
काठमाडौँ । महानगर यातायात प्रालिले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।
चालीस वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीय स्थल चन्द्रागिरि र धुलिखेलका बिचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि– गोदाम –चेक पोस्ट –गुर्जुधारा – सतुगंल– कलङ्की –बल्खु– कोटेश्वर –भक्तपुर – बनेपा – धुलिखेलसम्म सञ्चालनमा आउने छन् ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट– धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्नुहुँदै चन्द्रागिरि र धुलिखेलका बिचमा आवतजावत गर्न बस सेवाले सजिलो हुने अपेक्षा व्यक्त गरेका थिए । उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए ।
...
काठमाडौं । संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका– १० बाट पक्राउ गरेको हो ।
अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ ।
...
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
बर्दिया बढैयाताल गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने बिनौद पौडेललाई पक्राउ गरी काठमाडौं फिर्ता ल्याइएको हो।
एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको थियो।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।
...
काठमाडौं । मधेस प्रदेश सभामा पेस भएको सरकारी कामजकाज भाषासम्बन्धी विधेयक सच्याउन सांसदहरूले माग गरेका छन्।
सरकारी कामकाजी भाषा विधेयक २०८१ बुधबारको प्रदेश सभामा पेस भएको थियो।
विधेयकमा नेपाली भाषाका अतरिक्त अंग्रेजी, हिन्दीलगायत भाषाहरूसमेत समावेश गरे पनि थारू भाषा छुटाइएको भन्दै सांसदहरूले विधेयक सच्याउनुपर्ने माग राखेका हुन्।
विधेयक फिर्ता लिन मुख्य्मन्त्री सतिश सिंह तयार भइरहेको संकेत आफूले पाएको सभामुख रामचन्द्र मण्डलले बिहीबारको प्रदेश सभा बैठकमै सुनाएका थिए।
...
जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन् । सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम दिएपछि यतिवेला जाजरकोटका विभिन्न ठाउबाट २० जना महिलाहरु सहभागी भयर पञ्चेबाजा बजाउन सिकिरहेकि छिन ।
कुशे ५ का ६७ बर्षिय लाले दमाईले पञ्चेबाजा बजाउने तालिम दिईरहेका छन् । गत पुसकाे २१ गते देखि महिलाहरुले सदरमुकाम खलंगामा २० दिने उक्त बाजा बजाउने तालिम लिईरहेका छन् ।
अवसर दिएपछि महिला पनि पुरुष जस्तै बाजा बजाउन सक्छन् भन्ने उदाहरण जाजरकोटकि महिला दिदी बहिनिहरु बन्न थालेका छन् । केही निश्चित शुल्क लिएर आवश्यक परेको ठाँउ महिला समुहले बाजा बजाउने जनाएका छन् ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाईमा तालिम प्राप्त महिलाहरुलाई आवश्यक परेको ठाँउ बाजा बजाउन निश्चित शुल्क लिएर पठाईने प्रतिष्ठानका अध्यक्ष ...