अध्यादेश ल्याउनेसहित यस्ता छन् मन्त्रिपरिषदका निर्णय
काठमाडौं। सरकारले सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको आध्यादेश २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
गत पुस २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न अध्यादेशहरू ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
साथै समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकवाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरूङले बताए।
बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गुरूङले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादे...








