९ माघ २०८१, बुधबार

सर्लार्हीको मैनाथपुर स्वास्थ्य चौँकीमा निशुल्क आँखा शिविर : ४२७ जनाको आँखा परिक्षण

२०८१ माघ ९गते सर्लाही जिल्ला धनकौँल गा,पा,वडा न,४ मैनाथपुर स्वास्थ्य चौँकीमा निशुल्क आँखा शिविर संचालन भएको छ ।
सहयोगी संस्था तिलगंगा आँखा प्रतिष्ठानका डाक्टरहरु नेत्र अधिकृत भुपेन्द्व गौतम, नेत्र साहायक अर्जुन घले, नेत्र साहायक सन्तोष कुमार यादव,नेत्र साहायक संम्झना ठकुरी ,नेत्र साहायक सरिता सिँह राज भर को टोलिले आँखा जाँच तथा आवश्यक सल्लाह सुझाव दिनु भएको थियो ।
आजको शिविरमा सभाअध्यक्षता सर्लाही जिल्ला धनकौँल गा,पा,वडा न,४ का वडा अध्यक्ष नरेन्द्र राय यादवले गर्नु भएको थियो भने प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाली जनतादलका अध्यक्ष हरिचरण साह रहनु भएको थियो ।
कार्यक्रममा समन्वय ब्यबस्थापन संयोजक उपेन्द्र राय यादव, अनुगमन संयोजक बिजय सहनी निशाद , कार्यक्रम सह संयोजक सुभद्वा भुर्तेल ( खनाल ) रहनु भएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यलय प्रहरी बरिष्ठ नायब निरिक्षक नारायण कुमार दाहाल, मैनाथपुर स्वास्थ्य चौँकी प्रमुख संन्जय शाह लगाएत प्रहरी तथा समाज सेवी सबैको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा १०० बर्षका जेष्ठ नागरिक मुङलाल सहनी,श्री आधारभुत बिधालय का प्रधानाध्यापक,शिक्षक शिक्षिका हरु र १३० जना विद्यार्थीहरु , ३६ दिनको बच्चा देखि १०० बर्ष सम्मका बृद्ध, बृद्धा, बालबालिका महिला पुरुष हरुले आँखा चेक जाच गराई रहदा ५२ जना लाई मोती बिन्दु छनौँट भएको थियो ।
छनौट भएका हरुलाई १३ गते शल्यकृया को लागि बागमती न.पा.वडा न.५ श्री जनता नमुना मा,वि बिधालय सोल्टी बजारमा अप्रेशनका लागि जान सल्लाह दिइएको छ ।
यस शिविरबाट जम्मा ४२७ जना ले आँखा चेक जाच गराएको कार्यक्रम संयोजक मानवअधिकारकर्मी कुमारी बाँठा मगर ( मनु ) ले जानकारी दिनु भएको छ ।